प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

 

बुटवल, ।
सत्तरीऔं प्रजातन्त्र दिवसको अवसरमा बि.पि. कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले ‘२००७ सालको जनक्रान्ति बि.पि. कोईराला र वर्तमान अवस्थामा राजनीतिक दलहरुको भूमिका’ बिषयक विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई ईतिहासलाई जानकारी गराउने उद्देश्यले प्रतिष्ठानले भोली (बुधबार) बिहान ११ बजे तिलोत्तमाको होटल पौवामा उक्त कार्यक्रम गर्न लागेको हो ।मुलुकमा भएका पछिल्ला राजनीतिक परिवर्तनसंगै २००७ सालको ईतिहासलाई सबैले भूल्दै गएको परिवेसमा ईतिहासलाई जोगाईराख्न र नयाँ पुस्तालाई त्यस विषयमा जानकारी गराउने उद्देश्यले सात सालको क्रान्तिलाई जोडेर कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले बताउनु भयो ।उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राजनीतिक विश्लेषक प्रदिप गिरी, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र कुमार (राम) कार्की र राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव लगायतका नेताहरुले विषयगत धारणा राख्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताउनु भयो ।कार्यक्रममा सबै राजनीतिक दलका नेता कार्यकर्ता व्यबसायिक संघसंस्था, पत्रकार, उद्योगी, व्यबसायी, वकिल प्राध्यापक, ईञ्जिनियर, शिक्षक, बिद्यार्थी सबैलाई आमन्त्रण गरिएको प्रतिष्ठानका सचिव खिमानन्द भट्टराईले बताउनु भयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij