टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल । रुपन्देहीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका( २ का ६० वर्षिय रमेश लोध रहेका छन् भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइकललाई लुम्बिनी हुलाकी सडकखण्ड अन्तर्गत जिल्लाको मायादेवी गाउँपालिका ४ स्थित वनकसियामा मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।
मोटरसाइकललाई ठक्कर दिने टिप्पर चालक फरार रहेको र खोजी भइरहेको खत्रीले जानकारी दिए । मृतक लोधको शव पोष्टमार्टमको लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij