काठमाण्डौं ।
विदेश भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज अपरान्ह स्वदेश फर्किदै हुनुहुन्छ । आज बिहान बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेट गरेर परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ ।
यसैविच ,मन्त्री ज्ञवालीले बंगलादेशका परराष्ट्रमन्त्री डा.एके अब्दल मोमेनसँग ढाकामा औपचारिक वार्ता गर्नु भएको छ । स्टेट गेस्ट हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा कनेक्टिभिटी, व्यापार, जलविद्युतमा लगानी, पर्यटन, सांस्कृतिक सहकार्यलगायतका विषयमा छलफल भएको छ ।
बंगलादेशले नेपालबाट उच्चस्तरीय भ्रमणका लागि आग्रह गरेको छ । नेपालले भने बंगलादेशका बन्दरगाह प्रयोगका लागि सहजीकरण गरिदिन प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बंगलादेश पक्षले नेपालबाट निकट भविष्यमै ढाकामा उच्चस्तरीय भ्रमण हुने अपेक्षा गरेको छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच चीनबाट ल्याइएका नेपालीहरुलाई खरिपाटीमा राखिएपछि सुरुमा डराएका स्थानीयमा अहिले त्रास हटेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खरिपाटी आसपासमा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै चीनबाट ल्याएकाहरुमा कोरोना सङ्क्रमण नभएको बुझाएपछि अवस्था सामान्य हुन थालेको हो ।
यस्तै पछिल्लो समयमा सिन्धुपाल्चोकको गुम्बा डाँडा, हुम्लाको सिमिकोट लगायतका ठाउँमा फैलिएको रुघाखोकीको सङ्क्रमण मौसमी ुफ्लुु भएको डाक्टरहरुले बताएका छन् ।
अहिले काठमाण्डौसहित देशका धेरैजसो अस्पतालमा रुघाखोकीका बिरामी बढेका भए पनि कोरोना भाइरसको सङ्क्रमण नभइ मौसमी ुफ्लुु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्