संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण :प्रदेश प्रमुख यादव

संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण :प्रदेश प्रमुख यादव

बुटवल

प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण रहेको बताउनुभएको छ ।

५९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा विश्वास ब्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख यादवले भन्नुभयो– ‘राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिकोलागी सन्चारले भूमिका खेल्नु पर्दछ । सूचना र सन्चार प्रवाहमा समयानुकुल परिवर्तनको जरुरी छ । ’

प्रदेश प्रमुख यादवले नेपाली जनतालाई विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउने कार्यको महत्व र आवश्यकतालाई आत्मसात गरी त्यसको माध्यमबाट राष्ट्रिय एकता¸सदभाव र भातृत्वको अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राससका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले समाचारको सत्यता र तथ्यता आजको आवश्यक्ता भएको बताउनुभयो ।

उहांले संघीयता कायन्वयनमा राससको भूमिका महत्वपुर्ण भएको उल्लेख गर्दै हरेक स्थानिय तहमा राससका प्रतिनिधी जरुरी रहेको बताउनुभयो । उहांले राससले प्रदेश स्तरमा बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सैनामैना नगरका उपप्रमुख बिना राना मगरले स्थानिय सरकार र मिडीयाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्ने बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले मिडीया जनताको पक्षमा हुनुपर्ने बताउनुभयो ।

मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवन कुमार भट्टले मानबिय जीवन शैली र मानवअधिकारको विषयमा मिडीयाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सी.ले राज्यको पक्षधारितामा रहेर राससले समाचार उत्पादन तथा रिर्पोटिंग गरिरहेको बताउनुभयो ।

समारोहमा रासस प्रदेश ५ बाट स्थानिय सम्वाददाताको रुपमा उत्कृष्ट चयन हुनुभएका रासस पश्चिम नवलपरासीका सम्वाददाता मोहन पौडेललाई प्रदेश प्रमुख यादवले नगद तथा सम्मानपत्रले सम्मान गर्नुभयो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij