गाई पालनबाट मासिक ३ लाख आम्दानी गर्दै भुषाल

गाई पालनबाट मासिक ३ लाख आम्दानी गर्दै भुषाल

 तिलोत्तमा –सानै उमेरमा भारतमा रोजगारको लागि गएका तारा प्रसादले आफ्ना सुखका दिन आउलान् भन्ने सोचेका थिएनन् । भन्छन् नी रात गए अग्रात पलाउँछ हो उनको जीवनमा पनि यस्तै भएको छ । भारतमा लामो समयको बसाई पछि नेपाल आएका उनको न त खाने गास न त बस्ने बास् थियो , तर पनि उनले संयमताका साथ परिवार प्रतिको जिम्मेवारी निभाउदै आए । अर्कैको घर र जग्गा सम्हालेर त्यहि खेतीपाती सुरु गरे गाई भैँँसी जीवन निर्वाहका लागी पाले । विस्तारै उनले कहिँँ बाटोमा छाडेका गाई देखे भने गोठमा लगेर बाध्ने, केहि समय पाल्ने दुहुनो अथवा ब्याउने भएपछि त्यसलाई बेच्ने गर्न थाले ।

यसरी ६ वटा गाई बनाएर उनले आफ्नो पेशा अंगाल्ने निश्चित गरे । विस्तारै उनी अहिले आएर ६५ वटा गाईका मालिक भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको भुषाल गाई फार्मका संचालक भएका छन् अहिले ताराप्रसाद भुषाल । पहिले बुवाले बाटोबाट गाई ल्याउँँदा लाजमान्ने उनका छोराछोरी अहिले उनकै दाहिने हात बनेर साथ दिदै आएका छन् । उनको कामलाई खिल्लीबनाई उडाउने हरु अहिले उनकै प्रसंसक बनेका छन् । भुषाल भन्छन् आज यसरी सफल हुन्छु भन्ने सोचेको थिइन , उ बेलामा न त छोरा छोरीले राम्रो लगाउन पाए न त श्रीमतीलाई सुख दिन सकेँ ।


स्नातक तहमा अध्ययन गर्ने उनका जेठा छोरा उनको कामलाई राम्ररी बुझेर साथ दिईरहेका छन् बिहान साँझ गोठमा काम गरेर उनी दिउसो र साँझमा अफीसको कामको साथै पढाईलाइ पनि निरन्तरता दिदै आएका छन् , उनी भन्छन् गाई पालनमा मैले भविश्य राम्रो देखेको छु । नेपालमा कामलाई इज्यतका साथ नहेरेकै कारण युवा पुस्ता विदेशिनु परेको छ । कृषि कर्म हुने खानेका लागि व्यावसाय र केहि निम्न आय भएकाले गरेमा उ गोठालो कहलिनाले पनि केहि युवाहरु लगानी गर्न हिच्किचाउने गर्दछन् ।
मासिक ३ लाख सम्म आम्दानी गर्दै आएका भुषाल परिवार आफैले सबैकाम गर्दछन् ३ भाइ र ३बहिनी अनि बुवा , आमाले यो फार्मको रेखदेख गर्छन् । त्यहाँ उत्पादन हुने दुध नजीकैको दुध प्रशोधन केन्द्रमा जाने पनी छोरा हरि प्रसाद भुषालले जानकारी दिए । फार्म संचालनका लागी आवश्यक पर्ने घाँँस करिब तिन विगाहा क्षेत्रफलमा लगाएका छन् ।

उनले गाई पाल्ने इच्छुक व्यत्तिहरुलाई पनी परामर्श दिनुका साथै गाईमा देखिने रोग र तिनका लक्षण एवं रोकथामका उपाए पनि बताउने गरेका छन्् । दैनिक २५० देखि ३०० लिटर सम्म दुध उत्पादन गर्दै आएको भुषाल गाई फार्मका संचालक भन्छन् कामलाई सानो ठूलो नभनी मेहनत , लगनशिल र जीम्मेवार भएर काम गर्नेहो भने कृषीमा आत्मनिर्भर हुन कठिन छैन ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij