सुुर्खेत
दुई लाख रुपैयाँ घुससहित सुर्खेतमा एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले सेवाग्राहीबाट दुुई लाख रुपैयाँ घुससहित केसीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । भेरीगंगाको बराहमा रहेको झोलुङगे पुल निर्माणको भुक्तानी गराउनका लागि आफूले सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट केसीले घुस मागेको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा सबै भन्दा बढी भ्रष्टाचारविरुद्ध उजुरी पर्ने स्थानीय तहमा पनि भेरीगंगा नगरपालिका पर्छ । सूचना अधिकारी सापकोटाले बिहीबार मात्रै सेवाग्राहीको उजुरीका आधारमा कागजपत्र माग गर्दै नगरपालिकालाई पत्र लेखेको पनि जानकारी दिनुुभयो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्