JanataToday.com

Advertisment

SKIP THIS

दादुर रुवेला खोप निर्धक साथ आफना वालवालिकामा लगाउन डा गिरीको आग्रह

दादुर रुवेला खोप निर्धक साथ आफना वालवालिकामा लगाउन डा गिरीको आग्रह

बुटवल
स्वास्थ्य सेवा बिभाग वाल महाशाखाद्धारा बुटबलमा आयोजित दादुरा–रुबेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढिकरण कार्यक्रम अन्तर्गत खोप लगाएपछि हुन सक्ने अवान्छित घटना र त्यसको व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमा प्रदेश ५का स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले दादुर रुवेला खोप निर्धक साथ आफना वालवालिकामा लगाउन आग्रह गर्नुभयो । उहाले प्रदेश ५ को रुपन्देहीवाट नयाँ तरिकाले खोप लगाउने अभियान सुरु भएको .जानकारी गराउनुभयो । नेपालमै कुनै ठाउमा छैन बच्चा बिरामी छ कि छैन जाच गरेर खोप लगाउने अभियान यहाबाट सुरु भएको छ। निर्देशक गिरीले भने अहिले सम्म तिन चरणमा अभियान सुरु भयो खोप लगाएर कुनै बालबालिकाको मृत्यु भएको जानकारी छैन ।कार्यक्रममा स्वास्थ्य सेवा बिभाग वाल महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले खोप लगाएका बाल बालिकाहरुमा कुनै समस्यादेखा पर्नासाथ खोप लगाएकै कारण समस्या भएको भन्ने निष्कर्षमा पुग्न नहुने बताउनुभयो ।खोप लगाएका व्यक्तिहरुमा देखिन सक्ने त्यस्ता घटनाहरु खोपकै कारणबाट नभएर अन्य कारणबबाट हुन सक्ने भए पनि खोप लगाएकै कारण त्यस्तो असर देखिएको भनि प्रचार हुँदा खोप कार्यक्रमनै प्रभावित हुन सक्ने तर्फ पनि सचेत रहनु पर्ने बताउनुभयो। उहाले संञ्चार कर्मिलाई सत्यतथ्य बुझेर समाचार सम्प्रेशण गर्ने आग्रह गर्नुभयो ।गोष्ठीमा एईएफआई का सर्भिलेन्स अधिकृत डा अभियान गौतमले खोप लगाएपछि हुन सक्ने अवान्छित घटना र त्यसको व्यवस्थापन वारे जानकारी गराउनभयो ।स्वास्थ्य निर्देशनालय बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले कार्यक्रमको औचित्य र उदेस्यमाथि प्रकाश पार्नुभएको थियो गोष्ठीमा स्वास्थ्यकर्मि टेड्रयुनियनका पदाधिकारी संञ्चारकर्मिको सहभागिता रहेको थियो । ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij