सैनामैना
दोस्रो पशुपतिनाथका रुपमा परिचित सैनामैना वडा नं १ मा रहेको स्वयम् उत्पतिमान श्री पर्रोहा परमेश्वर शिव ज्योेर्तिलिङ्ग बोलबम धाममा शिवरात्रिको अवसरमा “महाशिवरात्रि विशेष त्रिदिवसीय कार्यक्रम २०७६” बिहीबार देखी सुरु भएको छ ।
त्रिदिवसीय कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले नगरपालिकाले बोलधामको काष्ठकला सहितको प्यागोडा शैलीको मन्दिर बनाउनको लागि आवश्यक बजेट सहित योजना अगाडि बढाएको बताउनुभयो । उहाँले ऐतिहासिक र पुुरात्तात्विक महत्वको सम्पदाको रुपमा रहेको बोलबम धामको गरिमा र महिमाको प्रचार प्रसार गनुपर्नेमा जोड दिनुभयो । प्राचीन कालदेखी नै सबैको आस्थाको रुपमा रहेको यस धामलाई पर्यटकीय हिसाबले पनि विकास गर्नका लागि नगर पुर्ण रुपमा लागि परेको उपप्रमुख रानाको भनाइ छ । ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको धामको विकासको लागि हरेक निकायले पहल गर्न जरुरी रहेको नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले बताउनुभयो ।
श्रावणमा १ महिना सम्म श्रावणी मेला लाग्ने गरेको भएतापनि भगवान शिवको सम्झनामा महाशिवरात्रि त्रिदिवसीय कार्यक्रम आयोजना गरिएको धामका अध्यक्ष रामबली चौधरीले जानकारी दिनुभयो । मासिक रुपमा भजन कृतन हुने गरकोे धाममा पछिल्लो समयमा महिनामा कम्तिमा ५ पटक सम्म भजन कृतनका कार्यक्रमहरु हुने अध्यक्ष चौधरीको भनाइ छ ।
कार्यक्रममा पशुपतिनाथ संगीत कला प्रतिष्ठान पश्चिम क्षेत्रिय कार्यालय, बोलबम धामका संस्थापक अर्जुन धिमाल, धामका पुर्व सल्लाहकार संयोजक रामु भणडारी, सल्लाहकार हरिहर भट्टराई, युवा पण्डित भागवत वाचक आचार्य बिष्णु प्रसाद ज्ञवाली र सहकारीहरुको तर्फबाट मेरुदण्ड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रकान्त भण्डारी,धामका उपाध्यक्ष मीना तिवारी लगायतले बोल्दै प्राचीन सैनामैनाको पर्रोहा परमेश्वर धाम क्षेत्रलाई देश तथा विदेशमा यसको महत्वको बारेमा बुझाउनुपर्नेमा जोड दिदँै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
३ दिन सम्म संचालित कार्यक्रममा शुुक्रबार चार प्रहरको पूजा, लघुरुद्राभिषेक, दुग्धाभिषेक र शिव महिमा आरती, प्रर्बचन , राष्ट्रिय कलाकारहरुको भजन प्रस्तुती,रात्रीकालिन जागरण ,कीर्तन शिवरात्रिको पूजा अर्चना लगायत कार्यक्रम रहेको धामका महासचिव प्रेमलाल भुसालले जानकारी दिनु भयो । बोलबम धाममा पुजा अर्चना गर्नाले मनोकामना पुरा हुने, सन्तान प्राप्ति हुने, रोग ब्याधि निको हुने जनविश्वास रहि आएको छ । श्रावण महिनाभर, बाला चर्तुदशी तथा शिवरात्रिहरुमा दर्शनार्थीहरुले दर्शन एवम् पुजा गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्