बुटवल।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड रुपमा लिने गरिन्छ ।भगवान शिवको प्रमुख पर्व हो ।यस क्षेत्रको पाल्पाको सिद्धबाबा मन्दिर , नयागाउको मुक्तिनाथ धाम सैनामैनाको बोलबम धाम , निलकष्ठ बाबाधाम तथा अन्य शिवालायमा मन्दिरहरुमा आज बिहानै देखि दर्शनार्थीहरुको भिड लागेको छ मध्यराती देखि मन्दिर दर्शन गर्न आउने श्रद्धा लुहरुको घुंईचो छ ।

तिनाउ गांउपालिका पाल्पामा अवस्थित सिद्धबाबा दर्शनका लागि बुटवल आसफासका १५ जिल्ला सहित भारतबाट समेत दर्शनार्थीहरु आउने गरेको मन्दिर ब्यवस्थापन समितीले जनाएको छ । 

दर्शनार्थीहरुलाई सहजढंगले पुजाको ब्यवस्था मिलाउन मध्यरातीदेखि नै प्रहरी र स्वयं सेवकहरु परिचालित गरिएका छन्

त्यस्तै बुटवलको नँयागाँउमा रहेको स्वामिनारायण मुक्तिनाथ धाममा श्रद्धालु भक्तजनको शिवरात्रीमाआज बिहानै देखि दर्शनार्थीहरुको भिड लागेको छ ।ज्योर्तिलिङमा जर्लापण गर्ने लाइन लामो देख्न सकिन्छ ।
स्वामिनारायण मुक्तिनाथ धाममा श्रद्धालु भक्तजनको ठूलो आस्था रहेको छ । जुन ठाँउ पछिल्लो समय राम्रो धार्मिक पर्यटकिय गंन्तब्य समेत बन्दै गएको छ ।
दैनिक नित्य , पूजा पाठ गरिने यो मन्दिर स्वामी लोकानन्द र स्थानिय बासीको सक्रियतामा निर्माण गरिएको हो । यो मन्दिर प्ररिसरमा मुक्तिनाथ को झल्को दिने गरि १ सय ८ धारा समेत निर्माण गरिएको छ ।
त्यस्तै यहाँ अग्लो शिव जोर्तीलिङ , लगाएत अन्य धार्मिक संरचना समेत निर्माण गरिएको छ । यहाँ शिवरात्री, बिशेष पुजा आजा गरिनुका साथै र्धािर्मक मेला नै लाग्दछ । छ । यहाँ रहेको १०८ धारामा स्नानगरी ज्योर्तिलिङमा जर्लापण गर्नाले मनोकामना पुरा हुने बिश्वास गरिन्छ ।

यहाँ नेपाल लगाएत भारतका विभिन्न ठाउँ बाट श्रद्धालु भक्तजन तथा सर्बसाधारणहरुको उपस्थीती हुने गरेको मन्दिर का पिठाधिस स्वामी लोकानन्द बताउनुहुन्छ ।

शिवरात्री लाइ सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरेको व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउनुपर्ने पिठाधिस स्वामी लोकानन्द बताउनुहुन्छ ।

उहालेयस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको तथा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुने बताउनुभयो ।




प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्