JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा अन्तर वडा कप फुटवलको उपाधि वडा नं.१ लाई

तिलोत्तमा अन्तर वडा कप फुटवलको उपाधि वडा नं.१ लाई

बुटवल-तिलोत्तमानगरमा सम्पन्न तिलोत्तमा अन्तर वडा कप फुटवल प्रतियोगिता २०७६ को उपाधि वडा नं. १ ले हात पारेको छ । तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा भएको फाईनल खेलमा वडा नं १४ लाई सडेन डेथमा पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै वडा नं. १ नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं. १४ नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । चपरहट्टी खेलमैदानमा भएको फाईनल खेल निर्धारित खेल २–२ गोल बराबरी भएपछि पेनाल्टी शुट आउटमा गएको थियो ।

पेनाल्टीमा पनि खेल बराबरी भएपनि सडेन डेथमा निर्णय लिईएको थियो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर वडा नं १ बिक्रम राना, उत्कृष्ट डिफेन्स वडा १४ का बिनोद राना, उत्कृष्ट मिड फिल्डर वडा १४ का गौरब बुढाथोकी र उत्कृष्ट फरर्वाड वडा नं १ का बिजय थापा घोषित हुँदै पुरस्कृत भएका थिए ।

एक समारोहका बिच वडा नं ७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डे, वडा नं ३ का सदस्य तेज बहादुर गुरुङ, एकेडेमीका अध्यक्ष तिलक नेपाली, तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी पाच नम्बर प्रदेशका उपाध्यक्ष मिनप्रसाद पोखरेल, खेल संयोजक सुर्य चापागाईले विजेता, संयोजक सुर्य चापागाईले उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै भाईचारासंगै युवा प्रतिभा प्रष्फुटन गराउने गरि प्रतियोगिता सफल भएको बताए ।

नगरमा एकेडेमीमार्फत उमेर समुहका खेलाडी उत्पादन गर्ने तयारी गरेको अध्यक्ष तिलक नेपालीले बताए । फुटबल खेल र खेलाडी विकास गराउने लक्ष्यसहित प्रशिक्षण र प्रतियोगितालाई निरन्तर दिने उनले बताए । दोस्रो मेयर कप गराउने तयारीसमेत भएको उनले बताए ।
कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले नगरका सबै खेलकुद संघहरुलाई ब्यवस्थापन गर्न विकास समिति गठन गरिएको बताए । फागुन १ गतेसम्म संचालन हुने प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गरेका छन ।
यसैबिच आयोजक तिलोत्तमा फुटबल एकेडेमी र पत्रकारका बिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम विजेता भएको छ । शनिबार विहान भएको खेलमा पत्रकारको टिम ट्राईबेकरमा ४–२ गोलले विजयी भएका थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij