बुटवल- युनाइटेड फाईनान्स लिमिटेडको आफनो २५ औ वार्षिकोत्सब उपलक्ष्यमा बुटवल शाखाद्धारा जितगढि टोल विकास संस्थाको सहकार्यमा बुटवल माविलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । एक समारोहका बिच वडा नं १ का वडा अध्यक्ष महेन्द्र लिगल, युनाईटेडका बुटवल प्रमुख दिनेशचन्द्र ज्ञवाली, वडा सदस्य ज्ञानु लिगल, नरेन्द्र बस्नेत, संस्थाका अध्यक्ष अशोक राईले बुटवल माबिका प्रधानाध्यापक अकरमुल्ला खानलाई ४० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष महेन्द्र लिगलले विद्यालयको एसईई तयारी विषयमा धेरै तयारी भएको बताए । विद्यार्थीहरुले प्राप्त सहयोगको बढिभन्दा बढी लाभ लिन जरुरी रहेको भन्दै आगामी वर्षमा समेत कार्यक्रम लैजान सकिने बताए ।
लिमिटेडका बुटवल कार्यालय प्रमुख दिनेशचन्द्र ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो स्थापना दिवसमा सामाजिक कार्यहरु गर्दै आएको बताए । कार्यक्रममा बुटवल माबिका प्रधानाध्यापक अकरमुल्ला खानले अभिभावक, शिक्षक र विद्यार्थीहरु मिलेर मेहनत गर्न सके प्रतिफल प्राप्त हुने बताए ।
कार्यक्रममा विकास संस्थाका अध्यक्ष अशोक राईले सबैको सहयोगबाट विद्यालय सुधार हुने आशा ब्यक्त गर्दै आफनो संस्थाबाट नगद १० हजार सहयोगको घोषणा गरे । कार्यक्रममा वडा सदस्य ज्ञानु लिगल, नरेन्द्र बस्नेत, गढिटोल आमा समुहका अध्यक्ष लक्ष्मी पन्त, संस्थाका सहसचिवका शान्ति नेपालले शिक्षाबाट नै समाज परिवर्तन हुने भन्दै सबैको सहयोगबाट सफलता मिल्ने बताए । विद्यालयमा हाल ३ सय ३५ जना विद्यार्थीहरु अध्ययरत छन ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्