बुटवल
बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीले राष्ट्रिय सभाका माननीय साम्सद दुर्गा प्रसाद उपाध्यायको स्मृतिमा शोक सभा सम्पन्न गरेको छ। समाजका जिल्ला अध्यक्ष सरद भट्टराईको अध्यक्षता तथा जिल्ला सचिब अधिबक्ता कृष्ण पोखेरेलको सन्चालनमा शोक सभा सम्पन्न भएको थियो । बिपि बिचार राष्ट्रिय समाज का संरक्षक तथा सार्वजनिक लेखा समितिका सभापती माननीय भरत कुमार साहले दुर्गा उपाध्ययको निधनले नेपाली काङ्ग्रेस लाई अपुरणिय क्षति भएको बताउनु भयो ।
समाजका सल्लाहकार तथा नेपाली काङ्ग्रेस युवा नेता बिष्णु पोखरेलले उहाँ सरल र सहयोग नेता हुनुहुन्थ्यो भन्दै उहाको निधानले सबै लाई मर्माहत बनाएको भन्दै उहाले देखएको बाटोमा सबै लाग्न पनि आग्रह गर्नु भयो। बिपि बिचार राष्ट्रिय समाजका उपसभापति सारदा गौतम , समाजका क्षेत्र न ५ ख का क्षेत्रीय सभापती अमेरिका कोहार , समाजका जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेस लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर सभापति मोहम्मद सहिद खा , समाजका प्रेस सल्लाहकार बिक्रम खड्का , लगायतले शोक मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्