बुटवल
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थामा अध्ययन–अध्यापन प्रभावित भएको छ ।
विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियनक्रान्तिकारी ले आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ । हड्तालका कारण रुपन्देहीका अधिकांस विद्यालय बन्द छन् ।बुटवल ,देवदह, सैनामैना, भैरहवा लगायतमा रहेका स्कुल तथा क्याम्पस बन्द छन् । २५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौँमा भएको कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ गरेको आरोप अखिल क्रान्तिकारीले उल्लेख गरेको छ ।
त्यसको विरोधमा विभिन्न विरोधका कार्यक्रम गरिरहेको अखिल क्रान्तिकारीले बुधबार शैक्षिक हड्ताल गरेको हो । हड्तालका कारण अधिकांश विद्यालयको पढाई प्रभावित भएको छ
प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्