प्रदेशका सबै पालिकामा खाद्या सुरक्षा गर्न प्रदेश सरकार तयार: मन्त्री पौडेल

प्रदेशका सबै पालिकामा खाद्या सुरक्षा गर्न प्रदेश सरकार तयार: मन्त्री पौडेल

बुटवल-प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ पालिकाहरुमा खाद्य सुरक्षा गर्नको लागि प्रदेश सरकार तयार रहेको बताएकी छिन। यसको लागि प्रदेश ५ सरकार एक्लै संभव नभएको भन्दै संघीय सरकार मार्फत सबै पालिकाहरुमा खाद्य सुरक्षाको लागि आफुले फल गर्ने बताएकि हुन ।
संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली विषय अन्तरक्रिया कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले भनिन्–‘खाद्य सुरक्षाको लागि उपभोक्ताहरुले खाने वानीमा सुधार ल्याउन जरुरी रहेको छ । ’ अहिले पनि नेपालीहरुको बानी विहान साझ खाना नै खानुपर्ने त्यसमापनि भात नै खानुपर्ने बानीको विकास भएको भन्दै उनले यसको लागि खानाका अन्य परिकारहरुमा विविधिकरण गरी यसमा ध्यान दिनको लागि समेत आग्रह गरिन ।
खानाको लागि भात को अलवा गहुँ, रोटी,मकै, फापर लगायतका अन्य खाद्यान्नको रुपमा प्रयोग गरिने बस्तु सेवन गरेमा खाद्य सुरक्षामा सफल हुने मन्त्री पौडेलको भनाई रहेको छ । खासगरी उपभोक्ताको खाने आनी बानिमा परिर्वतन ल्याउँदा वित्तीकै उत्पादन भएको खाद्यान्नेले बर्षभरी नै पुग्ने उनको भनाई छ ।
खाद्य सुरक्षामा सबैले ध्यान दिन सकेमा यसले सबैको हित गर्ने भन्दै मन्त्री पौडेलले अन्य प्रदेश भन्दा प्रदेश ५ खाद्यान्न उत्पादनमा अगाडी रहेको समेत जानकारी दिईन । उत्पादन भएको खाद्यान्न र जनसंख्याको अनुपातलाई दिएर खाद्यान्नको सुरक्षाको अवस्था पत्ता लाईने भन्दै भन्दै मन्त्री पौडेलले सबैको साथ र सहयोग भएमा पक्कै पनि प्रदेश ५ पुर्णरुपमा आत्मनिर्भर हुने बताईन ।
कार्यक्रमका अध्यक्ष तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीले खाद्य सुरक्षाको अवस्था भनेको प्रदेश सबै कुरामा सक्षम भएको अवस्था रहेको भन्दै यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । सबै कुरा गएर अन्तीममा खाद्य सुरक्षा नै मुख्य विषय हुने गरेको भन्दै यसमा प्रदेश सरकारले योजनाद्ध विकासको क्रममा यि विषयहरु समेटिएको जानकारी दिए ।
विश्व खाद्य कार्यक्रम, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ , पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश ५ को खाद्य सुरक्षाको अवस्थाको विषयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का खाद्य सुरक्षा तथा प्रर्वद्धन महाशाखा प्रमुख श्रीधर ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालमा खाद्य सुरक्षा अनुगमन प्रणालीको विकासक्रमको मुख्य क्रियाकलपाको विषयमा विश्व खाद्य कार्यक्रममा चन्द्र बहादुर थापा र संघीय कृषि मन्त्रालयका बाली विकास अधिकृत पदमा पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै खाद्या अधिकार, खाद्य संम्प्रभुता, दिगो विकास लक्ष्य तथा कृषि विकास रणनीतिको सन्र्दभवमा राष्ट्रिय योजना आयोगक खड्क राज राईले प्रस्तुती करण गरेका थिए । यस्तै संघीय कृषि मन्त्रालयका राम कृष्ण रेग्मी, प्रदेश ५ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका का सचिव डा. राधा वाग्ले, विश्व खाद्य कार्यक्रमका पुष्प श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन नविन गैरेले गरेका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij