बटवल
सम्मरीमाई गाउँपालिका वडा नं५ का वडा अध्यक्ष श्रवणकुमार यादवर र उच्च अदालत सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव सेवाग्राहीसंग घुस लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्रवणकुमारले चौकिल्ला सिफारिसमा सेवाग्राहीसंग ७० हजार घुस लिएको अभियोगमा सोही गाउपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो भने बन्दीप्रत्यक्षिकरणमा सहयोग गर्न १५ हजार घुस लिँदै गर्दा उच्च अदालत सरकारी वकिल कार्यालयका कार्यालय सहयोग महेन्द्र यादवलाई १५ हजार रुपैंया घुस रकम सहित कार्यालय नजिकै बुटवलको जेसिजचोकबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्