काठमाडौं ।
केही दिन अगाडि मेहेन्दी, संगीत समारोह आयोजना गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिवाह गरेका छन् । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह गरेका हुन् । अदालतमा एक अर्कोलाई माला लगाउँदै उनीहरुले कानूनी बिवाह गरेका छन् । उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो । बिवाहपछि अभिनेत्री कार्की र जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुनअनुसार आफुहरु एक भएको जनाएका छन् ।
कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्