देवदहका मेयर खत्रीलाई ‘नेल्टा’ सम्मान

देवदहका मेयर खत्रीलाई ‘नेल्टा’ सम्मान

बुटवल
रुपन्देहीका दुई दुग्ध संकलन डेरी ब्यवसायीलाई पुशु पालनको क्षेत्रमा योगदान दिएको भन्दै बिहीबार काठमाण्डौमा सम्मान गरिएको छ । पशु, पशुजन्य तथा दुग्ध उत्पादन, संकलन तथा वितरणको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ काठमाण्डौ नेल्टाले रुपन्देही देवदहका हिराबहादुर खत्री र अप्सरा खत्रीलाई नेल्टाले सम्मान गरेको हो ।
नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा ब्यवसायीद्वय खत्रीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोईराला लगायतले शिव गंगा डेरी उद्योग भलुहीका संचालक हिराबहादुर खत्री र गोधुली डेरी सप्लायर्स प्रालि रुपन्देहीका संचालक अप्सरा खत्रीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो । खत्री देवदह नगरपालिकाका नगरप्रखुम समेत हुनुहुन्छ । नेल्टाको अधिवेशन तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij