बटवल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन विकासका लागि लुम्विीनीलाई काठमाण्डौको मिनि ठमेल र पोखराको लेकसाईड बनाउनु पर्ने बताउनुभएको छ। आज बुटवलमा सिद्धार्थ पब्लिकेशनद्धारा प्रकाशित दैनिक लुम्विनी पत्रिकाको ३२ औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै मुख्य मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो् ।उहाले ठमेलमा पर्यटकले पाउने सुविधा लुम्बिनीमा हुन सक्यो भने आर्थिक गतिविधि बढ्ने बताउनुभयो । उहाले समाचार सामग्री तैयार गर्दा सञ्चारकर्मीले आफ्नो दृष्टीकोणबाट मूक्त भएरल सूचनामात्रै सम्प्रेशण गरेमा समाचारको स्तर माथि उठ्ने बताउनुभएको हो ।मुख्यमन्त्री शंकरपोखरेलले सञ्चारकर्मीको जिम्वेवारी नागरिकलाई आफ्नो दृष्टीकोण बनाउन सहयोग गर्नुमात्रै भएको बताउनुभयो ।
साथै उहाले कार्यक्रममा राज्यलाई कमजोर पार्ने चिन्तनको मात्रै पैरवी गरेर राज्यलाई बलियो बनाउन नसकिने बताउँदैं सचेत तप्कामा समेत राज्यलाई आफ्नो ठान्ने चिन्तनको खाँचो रहेको औंल्याउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धीको आधार पर्यटनको विकास भएकाले त्यसअघि कृषीको आधुनीकिकरण र औद्योगिकीकरण जरुरी रहेको बताउनुभयो । प्रदेश ५ का ७० प्रतिशत जनता कृषिमा आवद्ध भएपनि त्यसले प्रयाप्त लाभदिन नसकेको उहाको भनाई छ । उहाले औद्योगिकीकरणका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रह समेत गर्नुभयो ।
लुम्बिनीको बृस्तृत गुरुयोजना कार्यान्वयनमा बाधा पु¥याउनेका विरुद्धमा कलम चलाउन सञ्चार माध्ययमलाई आग्रह गर्नुभयोे । विकास विरोधीप्रति मिडियाहरु निर्मम बनेमात्रै समृद्धीको लक्ष्यमा पुगीने भन्दै उहाले राज्यलाई आक्रमण गर्ने नीति अवलम्बन नगर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले लुम्बिनीसहितका क्षेत्रको अध्ययन अनुसन्धानका लागि प्रदेश सरकारले अनुसन्धानवृत्ती उपलब्ध गराएपनि अनुसन्धानकर्ता आउन नसकेकोप्रति निराशा व्यक्त गर्नुभयो । यस क्षेत्रको पर्यटन विकासका लागि अनुसन्धान पहिलो शर्त भएको उहाले बताउनुभयो ।
साथै मुख्यमन्त्री पोखरेलले थोरै लगानीमा सञ्चालन गरिएको भएपनि लाङमा सञ्चालन गरिएको प्रदेश एक्पो सफल भएको समेत दावी गर्नुभयोे । उहाले प्रदेशमा लगानी भित्र्याउनका लागि बैशाखमा लगानी सम्मेलन गर्न लागिएको समेत जानकारी दिनभयो । शिद्धार्थ पब्लीकेशनका अध्यक्ष मोहन चापागाईले मुलुकको समृद्धी र जनताकोअधिकारका लागि लुम्बिनीले निरन्तर कलम चलाउने प्रतिवद्धता जनाउनुभयो। मोफसलमा नीजि क्षेत्रबाट निरन्तररुपमा प्रकाशित पहिलो पत्रिका दैनिक लुम्बिनीलाई अझैं जनमुखी र जवाफदेहिता बनाउदैं लैजाने जिम्वेवारी रहेको बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्