काठमाडौ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका पूर्वप्रवक्ताको प्रवक्ता नबन्न सुझाव दिएका छन् । पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘७० करोड कमिसन’ काण्डको बचाउ गरेपछि कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबन्न सुझाव दिएका हुन् । “सम्माननीय @PM_Nepal लाई ‘सुझाव पत्र’ ! पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया !,” उनले शुक्रबार मध्याह्न ट्विटरमार्फत् ओलीलाई सुझाव दिँदै लेखेका छन् । कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई कुनै पनि घटनाको प्रहरीले अनुसन्धान गर्ने, वकिलले बहस गर्ने र न्यायाधीशले फैसला गर्ने स्मरण गराउँदै तीन वटै निकायले गर्ने कामको भारी बोक्दा प्रधानमन्त्रीको भारी बोक्न झन् गाह्रो हुने भन्दै व्यंग्य गरेका छन् ।
“अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो । अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ । अझ ‘अडियो’ को प्राविधिक परीक्षणसम्म यहाँले नै रु,” प्रवक्ता शर्माले व्यंग्य गर्दै लेखेको छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को वागमती प्रदेश कमिटीले बिहीबार काठमाडौैंमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँस्कोटा प्रकरणमा स्पष्टीकरण दिँदै ‘अनाडी’ मान्छेले अनधिकृत तरिकाले टेप गरेर सुनियोजित रूपमा सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
उनले भनेका थिए, “अनाडीले अनधिकृत रूपमा टेप गरेछ । उहाँले ९गोकुल बाँस्कोटाले त्यो मेरो आवाज पनि होइन । मलाई थाहा छैन भनिसक्नु भएको छ । प्रमाणित हुँदै जाला । तैपनि प्रश्न उठेपछि उहाँले राजीनामा दिइसक्नुभएको छ । अहिले पनि मेरो आवाज होइन भनिराख्नुभएको छ । सत्यतथ्य उहाँले नै भन्नुहोला ।”ओलीले कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा माइतीघरमा उफ्रिएर सरकारको विरोध गरेको स्मरण गराउँदै बाँस्कोटामाथि आरोप लाग्नेबित्तिकै फलानो पनि मुछियो आहा।। भनेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘भ्रष्टारचार भएझैं गरेर प्रचार गरिएको छ । दोषी प्रमाणित भएको छैन । मुद्दा चलेको छैन,” उनले भनेका थिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्