सैनामैना ।
लैङ्गिक हिसां तथा बालविवाह अन्त्यका लागि साझा प्रतिवद्धता आवश्यक रहेको सैनामैना नगरपालिकाका सरोकारवालाहरुले बताएका छन् ।
सैनामैना नगरपालिकाको आयोजना तथा सिर्जनशिल संस्था नेपालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले लैङ्गिक हिसां तथा बालविवाहले ब्यक्ति, परिवार र समाजको विकासमा बाधा पु¥याउने भएकोले यसको अन्त्यका लागि ब्यवहारिक रुपले कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।
लैङ्गिक हिसां तथा बालविवाह अन्त्यका लागि नगरपालिकाले बिभिन्न सचेतना मुलक कार्यक्रम गरिरहेकोे सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । लैङ्गिक हिसां तथा बालविवाहले ब्यक्तिको शारीरिक, मानसिक, परिवारिक, तथा समाजिक रुपले विकासका कार्यमा बाधा पु¥याउने भएकाले यसको अन्त्यका लागि ठोस कदम चलाईने नगर पमुख कार्कीले उल्लेख गनुभयो ।
लैङ्गिक हिसां तथा बालविवाह मुक्त नगर बनाउन जनप्रतिनिधि, राजनितिक दल, विभिन्न संघसंस्था, कर्मचारी पत्रकार, सुरक्षकर्मी लगायत सवै नगरवासिको सहयोग आवश्यक रहेको सैनामैना नगरपालिका उपप्रमुख विना रानाले बताउनुभयो ।
लैङ्गिक हिसां तथा बालविवाह मुक्ता नगर बनाउन जन प्रतिनिधिहरुलाई कर्मचारीकहरुको तर्फबाट सहयोग रहने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
लैङ्गिक हिसां तथा बालविवाह आफैंमा एउटा सामाजिक कुसंस्कार भएकोले यसको न्यूनीकरण, रोकथाम तथा अन्त्य गर्ने जिम्मेवारी हामी सबैको भएको नेकपा सैनामैना नगर संयोजक चेतनारायण न्यौपानेले जिकिर गनुभयोे ।
गरिबी, अशिक्षा, चेतनाको कमी, सामाजिक सञ्जालहरुको दुरुपयोग, देखासिकी प्रवृत्ति, बढ्दो आधुनिकीकरण जस्ता कारणले बालविवाह बढेको सिर्जनशिल संस्था नेपालकी अध्यक्ष प्रतिमा शर्माले बताउनुभयो ।
लैङ्गिक हिसां तथा बालविवाह सम्बन्धी कानूनी व्यवस्था र बालविबाहले पार्ने असर लगायतको बारेमा सचेतना फैलाउन आवश्यक रहेको ईलाका प्रहरी कार्यलाय मुर्गियाका प्रहरी निरिक्षक मनोज श्रेष्ठले बताउनुभयो । उहाँले सैनामैनाको वडा नं. ६, ७ र ८ मा सचेतनाका कार्यक्रम गर्नु्पर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा बालविवाह, यसका प्रमुख कारणहरु, बालविवाहबाट हुने विभिन्न खालका असर, यससम्बन्धी कानूनी व्यवस्था, बालविवाहका कारण हुने अपराध लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रममा सैनामैना नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, बालक्लवका प्रतिनिधि लगाएतको उपास्थिती रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्