लिटिल प्याराडाईजको जिल्लास्तरीय म्याराथन दौड़ प्रतियोगिता

लिटिल प्याराडाईजको जिल्लास्तरीय म्याराथन दौड़ प्रतियोगिता

 

तिलोत्तमा-रजत जयन्ती मनाईरहेको रूपन्देहीको तिलोत्तमा ७ भलवारी स्थित लिटिल प्याराडाईज ईगंलिश मिडियम स्कूलले शनिबार जिल्लास्तरीय म्याराथन दौड़ प्रतियोगिता सम्पन्न गरेको छ ।
जसमा तय गरिएको ६ किलोमिटरको दुरी १८ मिनेटमा पुरा गर्दै एभरेष्ट बोर्डिंग स्कूल बुटवलका शिक्षक निर्मल क्षेत्रीले प्रथम स्थान हासिल गरे भने २२ मिनेटमा सो दुरी पार गरेका पामिर ईन्टरनेशनल शंकरनगरका शिक्षक अनमोल कुवँरले द्घितिय र २३ मिनेटमा ६ किलोमिटरको दुरी पुरा गरेका
न्यू लुम्बिनी बोर्डिंग स्कूल बुटवलका शिक्षक कर्मचारी कपिल पुलामी थापा मगरले तृतीय स्थान हासिल गरे ।

 

रूपन्देही जिल्ला भित्रका सामुदायिक र संस्थागत गरि १२ बटा विद्यालयले सहभागीता जनाएको अन्तर विद्यालय स्तरीय शिक्षक कर्मचारी दौंड प्रतियोगिता स्कूल प्रागंणदेखि शुरू भएर भलवारी चोक, सिद्धार्थ राजमार्गको सखुवानी चोक हुदै भित्रि सडकखण्ड जहदा पुगेर पुनस् विद्यालयमा आई टुगिंएको थियो । प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय हुने विजयी हुने प्रतियोगिहरूलाई शनिबार नै नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान एवं पुरस्कृत गरिएको छ ।

यसअघि आयोजित उद्घघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रूपन्देही एथलेटिक्स संघका अध्यक्ष एवं प्याब्सन प्रदेश नम्बर ५ का सचिव लालहरि पाण्डेले अनुशासन र संस्कारयुक्त शिक्षा आजको आवश्यकता रहेको औंल्याए । पाण्डेले शिक्षण सिकाई सँगसँगै अब विद्यार्थीहरूलाई खेलकुदमा अब्बल बनाउने हो भने संस्कार र अनुशासनलाई एक साथ अगाडी बढाउनुको विकल्प नरहेको बताए । कार्यक्रममा अतिथिको आसनबाट बोल्दै साग खेलकुदमा रूपन्देही प्रतिनिधि सुधिर श्रेष्ठले जिल्लाले म्याराथन दौंड प्रतियोगितामा गर्विलो ईतिहास बोकेको स्मरण गर्दै जिल्ला स्तरीय प्रगियोगिता आयोजना गरेकोमा लिटिल प्याराडाईजलाई धन्यबाद एवं शुभकामना दिए ।

 


विद्यालयका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता एवं विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीको स्वागतमा रहेको कार्यक्रममा मंगलापुर प्रहरी चौकीका ईन्चार्ज एवं प्रहरी नायब निरिक्षक लक्ष्मण थापा, विद्यालयका प्रवन्ध निर्देशक माधव प्रसाद पाण्डे, उप प्राचार्य राजेश केसी लगायतको उपस्थिति रहेको थियो भने जिल्लास्तरीय म्याराथन दौंड प्रतियोगिताको उद्घघाटन एवं समापन सत्रको सन्चालन विद्यालयका शिक्षक देवेन्द्र राज अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij