रुपन्देहीमा दादुरा रुवेलाको दास्रो चरण सकियो

रुपन्देहीमा दादुरा रुवेलाको दास्रो चरण सकियो

 

भैरहवा- नेपाल सरकारको दादुरा रुवेला खोप अभियानको दोस्रो चरण रुपन्देहीमा सकिएको छ । फायुन १ गते देखि देशैभरी सुरु भएको अभियान रुपन्देहीमा पनि सञ्चालन गरिएको थियो । फागुन १ देखि ९ गतेसम्मको पहिलो भरणको अभियानमा रुपन्देहीमा ७ वटा पालिकामा सञ्चालनमा ल्याईएको जिल्ला जनस्वास्थ्य कायाृलय रुपन्देहीका सूभना अधिकृत भेषराज शर्माले जानकारी दिए ।

उनका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका,देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतीया गाउँपालिका र रोहिणि गाउँपालिकामा प्रथम चरणको खोप अभियान सम्पन्न गरिएको हो । सो अभियानमा ४७ हजार लक्ष्य राखिएकोमा ५१ हजार बालबालिकालाई खोप दिन सफल भएको अधिकारी शर्माले बताए । ९ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई लगाईने यस खोपको दोस्रो चरण रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सकिएको छ ।

सिनपामा फागुन १३ देखि १७ गतेसम्म राखिएको सो अभियानमा ६ हजार बढि बालबालिकाले लाभ लिन सफल भएको खोप अधिकृत समेत रहेका शर्माले जानकारी दिए । तोकिएको समयावधिमा खोप लगाउनबाट बञ्चित बालबालिकाको लागि रुपन्देही जनस्वास्थ्य कार्यालयबाट म्याद थप गरि सेवा दिईएको थियो । प्रथम भरणमा छेटेका बालबालिकाहरुका लागि फागुन २४ गतेसम्म बुटबलको आम्दा अस्पतालमा सिविर राखिएको र सिनपामा दुई दिन थम गरि १८ र १९ गते पनि सिविर सञ्चालनमा ल्याईएको उनले बताए । यस्तै अभियानको तेस्रो चरण अन्तरगत फागुन १६ देखि २४ गतेसम्म रुपन्देहीका ८ पालिकाहरुमा सञ्चालन भईरहेको छ ।

तेस्रो चरणमा रुपन्देहीका मायादेवि गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका, मर्चवारि गाउँपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, सुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकामा सञ्चालन भईरहेको छ । दोस्रो चरणसम्मको सम्पूर्ण डाटा भने पालिकाहरुबाट आईनसकेको शर्माले जानकारी दिए । रुपन्देही लगाउतका सबै जिल्लाहरुमा चलिरहेका यस अभियानमा रुपन्देहीले म्याद थप्दा छिमेकी जिल्लाका अभियानमा छुटेका बालबालिका समेत लाभान्वित भएको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij