JanataToday.com

Advertisment

SKIP THIS

घरेलु साना तथा औद्येगिक महोत्सव शुरु

घरेलु साना तथा औद्येगिक महोत्सव शुरु

बुटवल- बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव शुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा शुरु भएको प्रादेशिक स्तरको महोत्सवको नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै उनले महिलालले मात्रै मेला गर्नु सानो कुरा नभएको बताउँदै सिंहले महिलाहरुले गरेको मेलामा सरकारको सहभागिता न्युन देखिएको बताए ।
महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकराणको लागि यस्ता मेला महोत्सव भईराख्नुपर्ने उनको तर्क छ ।
कार्यक्रममा बोल्दै एफएनसिसिआई महिला उद्यमी समिति केन्द्रिय अध्यक्ष शिवा उपाध्याय (अञ्जु)ले महिलाहरुको आयोजनामा मात्रै मेला सञ्चालन गर्न सक्नु ठुलो कुरा रहेको बताईन् । मेलामा महिलाका उद्योगबाट उत्पादीत समाग्रिहरुलाई बजारमा लैजान थप सहयोग पुग्ने तर्क गरिन् ।
कार्यक्रममा बोल्दै प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले कोरोनाको त्रासले गर्दा मेलाको पहिलो दिनमा उपस्थीतीको संख्या कम भएपनि भोलीका दिनबाट भने दर्शक संख्या बढ्ने बताईन् । उनले पहिलो पटक हुन लागेको प्रदेश स्तरीय मेलामा स्थानिय स्रोतको प्रयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा सानाउद्योगहरुको उत्पादित वस्तुहरुको दिगो वजार पहुच स्थापितगर्ने यस महोत्सवको विशेष उदेश्य रहेको बताईन् ।

उनले लघु घरेलु तथा सानाउ द्योगहरुबाट उत्पादित कृषि तथा महिला उद्यमसिलताका बस्तु तथा सेवाहरुलाई प्रदशनीमा राखिएको बताईन् ।
महोत्सव भित्र निर्माण भएका उत्कृष्ट स्थल यस महोत्सवको प्रमुख आर्कषण रहेको बताउँदै उनले महिला उद्यमसिलता, लधु उधमितथा हस्तकलाका उत्पादित सामाग्रीहरुलाई प्रोत्साह नगर्दै उपभोभोक्ताहरुको रुचि, चाहना र आवश्यकतालाई उत्पादकहरु सम्म पु¥याउने बताईन् ।
उद्घाटन समारोहमा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष झविन्द्र प्रसाद कण्डेल , नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ उपाध्यक्ष कृष्ण पाठक, संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारी , एफएनसिसिआई रुपन्देही अध्यक्ष कन्हैयालाल कसौधन, रुपन्देही उद्योग संघका सचिव माया खनाललगायतले बोल्दै महिलाले सञ्चालन गरेको मेलाले सकारात्मक सन्देश दिएको बताईन् ।
मेलाको पहिलो दिन औपचारीक कार्यक्रम मात्रै भएपनि दोस्रो दिनबाट नियममित मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन हुने आयोजकले जनाएको छ । चैत २ गते सम्म सञ्चालन हुने मेलामा करिब ३ सय स्टलहरु रहेका छन् ।
महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।

मेलाको शुभारम्भको अवसरमा बिभिन्न संस्थाथाका ¥यालीहरु आएका थिए ।
महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहेका छन् ।
पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु रहेको आयोजकले जनाएको छ ।
एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल भईरहेको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij