अर्थ र राजनीतिमा लैंगिकता खोजौं

अर्थ र राजनीतिमा लैंगिकता खोजौं

बुटवल, सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिक र जवाफदेयी पत्रकारिताले मात्रै समाज बदल्न सक्ने बताउनुभएको छ । त्यसकालागि पत्रकारितामा सबै वर्गको सहभागीता एवं सीप र दक्षता बढाउनुपर्ने उहाले बताउनुभयो । युएनडिपी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित दिगो विकाशको लक्ष्य प्राप्तिका लागि लैंगिक तथा सामाजिक समावेशीकरण खोजमूलक समाचार लेखन कार्यशालामा समापनमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । लैंगिकता र समावेशीकरणका विषय पत्रकार महिलाहरुले उठाउदा थप प्रभावकारी हुने भन्दै मन्त्री बरालले यसलाई निरन्तर उठाउने र खबरदारी गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले बनाएका नीति, कार्यक्रम, बजेट लगायतमा समेत लैंगिकता र सामाजिक समावेशीकरणका सवाललाई उठाउन उहाले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर खरेलले पत्रकार महिलाहरुको संख्या र क्षमता दुवै बढेमात्र लैंगिकमैत्री संचारमाध्ययम बन्ने बताउनुभयो । त्यसकालागि पत्रकार महिलाहरुको व्यवसायीक सीप र क्षमता बढाउन लगानी गर्ने उहाले बताउनुभयो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राधा वाग्लेले दिगो विकासका लागि लैंगिक तथा सामाजिक समावेशीकरणमा आधारित विकास र पत्रकारिता आवश्यक रहेको बताउनुभयो । विकास र संचार दुवैमा लैंगिकता र सामाजिक समावेशीकरणका मुद्धालाई अर्थ, राजनीति, कृषि र सहकारीसंग जोड्न उहाले आग्रह गर्नुभयो ।
युएनडिपीका प्रदेश संयोजक सुदीप अर्यालले लैंगिकता तथा सामाजिक समावेशीकरणका विषय उठानले पनि दिगो विकासका धेरै उद्धेश्य छुने बताउनुभयो । दिगो विकासका लक्ष्यलाई स्थानीकीकरण र नागरिकका आवश्यकतासंग जोडेर संचार वकालत गर्न उहाले सुझाब दिनुभयो ।
संचारिका समूहका प्रदेश महासचिव अमृता अनमोलले ओझेलमा परेका विषयलाई मूलधारमा ल्याउन र नीतिनिर्माणकर्तालाई झकझकाउन पत्रकार महिलाका लागि छुट्टै तालिम संचालन गरेको बताउनुभयो । यसले दीगो र भरपर्दो माध्ययमबाट आर्थिक र सामाजिक विकास गर्ने प्रदेश ५ सरकारको मुख्य लक्ष्यमा पुग्न सघाउन सकिने पनि बताउनुभयो । कार्यक्रममासंचारिका समूह प्रदेश सल्लाहकार नारायणी रजौरे, दुर्गा पौडेल, रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारी लगायतले तालिमले दिएको दिशानिर्देशबारे बताउनुभयो । २ दिने तालिममा १२ जिल्लाका पत्रकार महिला सहभागी थिए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij