सुन्तला जोनको योजना तर्जुमा गोष्ठी सम्पन्न

सुन्तला जोनको योजना तर्जुमा गोष्ठी सम्पन्न

गुल्मी
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई , गुल्मीको सुन्तला जोन अन्तरगत आ.व.०७६र०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार योजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ । प्रदेश नं५ का सांसद दिनेश पन्थीले जुनसुकै कार्यक्रमको पनि योजना तर्जुमा गर्दा माथिल्ला तहबाट भन्दा पनि सम्बन्धित तल्लो तहबाटै योजना भएमा त्यसको प्रभाबकारीता बढि रहने सम्भावना भएता पनि बास्तबिक रुपमा यस्तो हुन नसक्नुमा दुख ब्यक्त गर्नुका साथै गुल्मी जिल्लालाइ सुन्तला उत्पादनमा आत्मनिर्भर बनाई सुन्तला निर्यातको बलियो सम्भावना रहेकाले किसानहरुलाइ सोहि अनुरुपले लाग्न पनि अनुरोध गर्नु भयो ।

धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोख्रेलले सुन्तला जोन कार्यक्रमको उद्देश्यलाइ सफल पार्नका निम्ति एक गाँउपालिका एक नमुना सुन्तला बगैचा अभियान चलाउनु पर्ने कुरामा जोड दिदै धुर्कोट गाउपालिकामा यो अभियान सुरुवात गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सम्भावित आगामि कार्यक्रम सम्बन्धि कार्यपत्र परियोजना कार्यान्वयन इकाई, गुल्मीका प्रमुख नारायण काफ्लेले प्रस्तुत गर्नु भएको थियो । सुन्तला जोन कार्यक्रम गुल्मीका आँठ वटा स्थानिय तहरेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, मदाने गाँउपालिका, धुर्कोट गाँउपालिका, चन्द्रकोट गाँउपालिका, कालिगण्डकी गाँउपालिका, छत्रकोट गाँउपालिका, गुल्मीदरवार गाँउपालिका का २४ वटा वडामा लागु रहेको र हाल सम्म जम्मा १७५ वटा कृषक समुह तथा फर्म सुन्तला जोनमा आबद्ध रहेको परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत समिरसिँह बराई मगरले जानकारी दिनु भयो । कार्यक्रम सुन्तला जोन सन्चालक समितिका संयोजक चन्द्र बि.क.को अध्यक्षता प्रदेश नं५का सांसद दिनेश पन्थीको प्रमुखआतिथ्यता तथा जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ, मदाने गाउपालिकाका अध्यक्ष दान ब.के.सी, धुर्कोट गाँउपालिकाका अध्यक्ष भुपाल पोख्रेल, चन्द्रकोट गाँउपालिकाका अध्यक्ष द्रोण खत्री गुल्मीदरवार गाउपालिकाका उपाध्यक्ष मिना भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीका प्रमुख राम ब .खड्का, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरे लगाएतको आतिथ्यतामा सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र गुल्मीको सभा हलमा भएको उक्त कार्यक्रममा सुन्तला जोन कार्यक्रम लागुभएका स्थानिय तहका जनप्रतिनिधि, कृषि प्राबिधिक, जोन सन्चालक समिति तथा सुन्तला उत्पादक कृषक लगायत४०जना सरोकारवाला निकायको उपस्थिति रहेको थियो भने ना.प्र.स. जयहिन्द्र हरिजनको कार्यक्रम संयोजन, उपसंयोजक गणेश प्रसाद मरासिनीको स्वागत मन्तब्य र ना.प्रा.स.नारायणी गाहाको सन्चालनमा भएको थियो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij