बुटवल।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजनामा खाद्य गुणस्तर अधिकार र संप्रभुता विषयक अन्तरक्रिया गोष्ठी बुटवलमा सम्पन्न भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव श्रीधर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खाद्य अधिकार सुनिश्चिताका लागि प्रदेश सरकार सदैभ तयार रहेको बताईन ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा, पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौड्याल, कृषि विकास रणनीतिक विज्ञ डिलाराम भण्डारी, कृषि ज्ञान केन्द्र प्रमुख राम मिलान विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश स्तरमा खाद्य गुणस्तरको अवस्था यसको नियमन सम्बन्धी विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका खाद्य अनुसन्धन अधिकृत प्रशान्त पोखरेलले, नेपाल सरकारको खद्या अधिकार तथा सम्प्रभुतामा नितीगत व्यवस्था विषयमा कृषि विकास रणनीतिक सल्लाहकार डिलाराम भण्डारी र प्रदेश सरकारको खाद्य अधिकार, सम्प्रभुतामा नीतीगत व्यवस्था विषयमा श्रीधर ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रम को सञ्चालन नविन गैरेले गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्