पाल्पा ।
पाल्पाको तानसेन नगरपालिका–सात लामिडाँडामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको लु २ ख ३१७८ नम्बरको ट्रिपरले ठक्कर दिँदा ५५ वर्षीया मधु श्रेष्ठकोमृत्यु भएको हो । त्यस्तै, मृतक श्रेष्ठकी श्रीमान घाइते भएका हुन् ।प्रहरी उपरीक्षक दीपेन्द्र जीसीका अनुसार दुर्घटनापछि घाइते श्रेष्ठ दम्पतीलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा श्रीमती मधुको बाटोमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाइतेश्रीमान श्रेष्ठको भने लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वी काफ्लेका अनुसार ठक्कर दिने ट्रिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडकखण्डमा अत्याधिक ट्रिपर चल्ने भएकाले उक्त सडकलाई मृत्युमार्गको रुपमा चिनिन्छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्