बुटवल-गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले नेपाल अपांग आश्रममा खाद्यान्न सहयोग गरेको छ । शनिवार एक कार्यक्रमका बीच समाजले आश्रममा रहेका व्यक्तिलाई आवश्यक खाद्य तथा सरसफाइका अत्यावश्यक सामाग्री वितरण गरेको खाद्यान्न वितरण कार्यक्रमका संयोजक काजिमान टण्डनले बताए । समाज स्थापना दिवशको पुर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै सल्लाहकार हेमलाल शर्मा भुषाल, सावित्रा टण्डन,लक्ष्मण अर्याल लगायतले सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा चारपाला सम्पर्क समाजले अपांग आश्रममा सहयोग गरेको बताए । उनीहरुले सामाजिक कार्यका लागि संस्था अघि बढिरहेको भन्दै आवश्यक स्थान, र परिस्थिती अनुसार संस्थाले सहयोगी काम गरिरहने बताए ।फागुन २५ गते आइतवार संस्था स्थापना भएको १ वर्ष पुरा हुने पुर्वसन्ध्यामा खाद्यान्न सहयोग गरिएको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए । स्थापनाको छोंटो समयमै चारपाला सम्पर्क समाजले सामाजिक काममा निरन्तरता दिइरहेको र आगामी दिनमा समेत आवश्यक ठाउंमा सक्दो सहयोग गर्न ततपर रहेको उनले जनाए । कार्यक्रममा समाजका उपाधयक्ष उषा खत्री, सहसचिव सविना कार्की लगायतको उपस्थिती रहेको थियो । समाजका सचिव विकास टण्डनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । समाजले भोलि बलड बैंक बुटवलमा रक्तदान कार्यक्रम गरी स्थापना दिवश मनाउंदैछ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्