बुटवल
रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही ले रोटरी बर्ष २०१९–२० को अफिसियल डि.आर.आर.भिजिट शनिबार सम्पन्न भएको छ ।
आर.आई डिस्ट्रिक नेपाल भुटान ३२९२ का डि.आर.आर.स्नेहा शाक्यले तिलोत्तमा रुपन्देही छोटो समयमै यो क्लब ले डिष्ट्रिक्ट मा आफ्नो धेरै राम्रो पहिचान बनाएको र सबै कार्य हरु सराहनीय गरेको भन्दै समाज मा केहि परिवर्तन गर्न सकिन्छ भन्ने योजना का साथ अगाडी बढेको मा सकरात्मक पक्ष रहेको जेड .आर.आर. शाक्यले बताईन् ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही का अध्यक्ष कृष्ण प्रसाद शर्माले रोटरी र रोट्रयाक्टले हरेक दिन समाजको लागि काम गरिरहेको छ र सधै गरिरहने प्रतिबद्धता गरे । कमाएर मात्र सामाजिक भैइदैन त्यसकारण कमाएको केहि प्रतिशत सामाजिक काममा योगदान गर्न सिकाएको समेत शर्माले बताए ।

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही का अध्यक्ष रेशम खड्का ले क्लब ले अहिले सम्म समाज परिवर्तन मा होस् या समाज मा दुखी गरीब जेहेन्दार विद्यार्थी लाई हामीले गरेको सानो सहयोग पनि त्यो विद्यार्थी लाई ठूलो राहात रहने बताए हामीले आगामी दिन हरु मा पनि अझै यस्ता थुप्रै कार्यक्रम को योजना रहेको र सबै को साथ मिलेर यी योजना हरु सफल पार्ने छौ भनी प्रतिबद्ध ता रहेको बताउनु भयो ।
कार्यक्रममा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही का अध्यक्ष कृष्ण प्रसाद शर्मा, ए। डी। एस। संविध घिमिरे , जोन ११का जेड।आर।आर। प्रकाश शर्मा , जेड.एस.किरण न्यौपाने , रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही का संस्थापक अधक्ष्य मोहन न्यौपाने निवर्तमान अध्यक्ष नवीन थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रदीप पोख्रेल क्लब सर्विस , सुबाश के सी कम्युनिटी , माधव ढुंगाना र सरोज पोख्रेल ले क्लवले गरेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।यसै कार्य क्रम मा तिलोत्तमा रुपन्देही ले अहिले सम्म गरेको काम हरु को बारेमा बनाएको तिलोत्तमा चिनारी पनि विमोचन गरेको थियो कार्यक्रममा क्लवका ३९ जना सदस्यहरुको सहभागीता रहेको कल्बका सदस्य महेश शर्माले बताउनुभयो।
कार्यक्रम महेश पौड्याल को स्वागत मन्तब्य निवर्तमान अध्यक्ष नवीन थापा को धन्यवाद ज्ञापन भएको कार्यक्रमको सन्चालन सचिव कृष्ण भण्डारी ले सञ्चालन गर्नु भएको थियो

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्