सामाजिक विकास मन्त्रीद्धारा महिला दिवशको शुभकामना व्यक्त

सामाजिक विकास मन्त्रीद्धारा महिला दिवशको शुभकामना व्यक्त

 

बुटवल ।
प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले ११० आंै अन्तराष्ट्रिय महिला दिवशको अवसरमा शुभकामना दिनु हुदै दिवशले महिला शसक्तिकरणमा अझै उर्जा मिल्न विश्वास व्यक्त गर्नु भएको छ ।
सन १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा श्रमिक महिलाहरुले गरेको आन्दोलनको स्मरण गर्दे विश्वभर आज अन्तराष्ट्यि महिला दिवश मनाईदैछ । आईतबार जारी गरिएको शुभकामना सन्देशमा मन्त्री बरालले श्रमिक महिलाहरुको आन्दोलनले महिलामा राजनितिक चेतना वृद्धि भएको उल्लेख गर्नु भएको छ । उ यहाले त्यसैको प्रतिफल स्वरुप महिला समानता र अधिकारको सवालले प्राथमिकता पाएको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ– राजनितिक चेतना अभिवृद्धिको लागि विभिन्न चरणका आन्दोलनले निकै महत्वपूर्ण भूमिका खेलेको सबैलाई विदितै छ । फलस्वरुप महिला अधिकार र समानताको विषय सवैधानिक रुपमा व्यवस्था भएको छ ।’
उहांले संविधानको मर्म र भावना बमोजिम प्रदेश सरकारले यसको कार्यान्वयन गर्न नीतिगत व्यवस्था गरेको र सोही बमोजिक कार्यक्रम संचालन भएको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
सन्देशमा मन्त्री बराले ‘महिला अधिकारको सम्वन्धमा प्रदेश सरकार संवेदनसिल छ । अधिकारसंगै कर्तव्य पनि जोडिएको हुन्छ । अधिकारको प्रत्याभूति दिलाउन तथा कर्तव्यवोध गर्ने ÷ गराउने सन्दर्भमा प्रदेश सरकार महिला सम्वद्ध संघ संस्था, महिला अगुवाहरु, अधिकारकर्मी सबैसंग सहकार्य अघि वढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।ֹ’ उल्लेख गुर्न भएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij