काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने उहाँकी भान्जी समीक्षा सङ्ग्राैलाले प्रधानमन्त्रीलाई भेट्न चाहनुभएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान भेट्न जाँदा सङ्ग्राैलाले ‘मामालाई कस्तो छ’ भन्दै प्रधानमन्त्रीलाई एक पटक भेट्न चाहेको इच्छा व्यक्त गर्नुभएको रिमालले बताउनुभएको छ ।
जवाफमा राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्रीलाई भेट्ने तपाईं पहिलो ‘भिजिटर’ हुने भनेर आफूले सङ्ग्राैलालाई भनेको ट्विटरमा लेख्नुभएको छ ।
गएको बुधबार मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ । यस्तै प्रधानमन्त्रीलाई आफ्नो दाहिने मिर्गौला दान गर्नुभएकी सङ्ग्राैलाको स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको छ ।
मिर्गौला दाता सङ्ग्राैला नातामा प्रधानमन्त्रीको भान्जी हुनुहुन्छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्