तिनाउ खोलामा डुवेर बेपत्ता भएका युवकको शव फेला

तिनाउ खोलामा डुवेर बेपत्ता भएका युवकको शव फेला

बुटवल –तिनाउ खोलामा डुवेर बेपत्ता भएका युवकको शव आज दिउंसो माथिल्लो सिद्धबाबा तल फेला परेको छ ।

फागुन २४ गते खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि आज फेला परेका हुंन् ।नेपाली सेना,शसस्त्र प्रहरी,जनपथ प्रहरी,नेपाल मगर संघ तिलोत्तमा नगर समिति,विभिन्न संघ–संस्था,राजनीतिज्ञ,समाजसेवी लगायतको अथक प्रयासपछि आज शव भेटिएको हो ।

उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरि मगरघाटमा दाहसंस्कार गरिने स्थानीय एवं नेपाल मगर संघ तिलोत्तमा नगर समिति अध्यक्ष प्रेमबहादुर थापामगरले जानकारी दिनुभयो ।पाल्पाको तिनाउ जलविद्युत केन्द्रको ड्याम साइडमा डुबेर तिलोत्तमाका प्रदिप रोकामगर बेपत्ता भएका थिए ।तिनाउ गाउँपालिका ३ दोभान पाउर हाउसको ड्याममा पौडी खेल्ने क्रममा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ७ भलवाडी निवासी २१ वर्षका रोकामगर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।बेपत्ता युवकलाई खोजविन गर्न सहयोग गर्नुहुंने सबैमा राजनीतिज्ञ एवं समाजसेवी झमबहादुर गुरुङले आभार व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij