काठमाण्डाै – अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी १ डलर बिक्रीदर एक सय १९ रुपैयाँ ४ पैसा तोकेको छ ।
यो मूल्य बिहीबारकाे भन्दा ९२ पैसा बढी हो । बिहीबार १ अमेरिकी डलरको बिक्रीदर एक सय १८ रुपैयाँ १२ पैसा थियो । यस्तै बिहीबार एक सय १७ रुपैयाँ ५२ पैसा रहेको एक अमेरिकी डलरको खरिद दर शुक्रबार एक सय १८ रुपैयाँ ४४ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।
शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।
यही बीचमा अमेरिकाले कोरोना भाइरसबाट अर्थतन्त्रमा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ब्याजदर घटाइदिएको छ । त्यसले पनि डलरको भाउ उच्च भएर गएको हो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्