लुम्बिनी : लामो समयको बहुपक्षीय सहकार्य र सम्झौता पछि आजदेखि बुद्धको जन्मभूमि लुम्बिनी मासु र मदिरा मुक्त क्षेत्र हुने भएको छ ।
एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रलाई बुद्धधर्म अन्तर्गतको पञ्चशील क्षेत्र घोषणा गरेका हुन् ।
बुद्धधर्ममा पञ्चशील भन्नाले हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, व्यभिचार नगर्ने र नशालु पदार्थ सेवन नगर्ने प्रणलाई लिइन्छ जुन, सामानय बौद्धहरुहले पालना गर्नुपर्ने न्यूनतम नियम हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विश्वभरीका बौद्धहरु आउने यस ठाउँमा आउने बितिकै मासु झुण्ड्याएको देखिनु अशोभनीय भएकोमा अब यहाँ मासु, मदिरा लगायतका बस्तुहरुको बेचविखनमा प्रतिबन्ध लगाइने राम्रो प्रयास भएको बताए ।
उनले लुम्बिनीमा लुम्बिनीलाई बुद्धको जन्मभूमि मानेर मात्र पर्यटकहरु आउने भएको त्यसै अनुसारको धर्मिक वातावरण यहाँ बन्नु आवश्यक भएकोमा पनि जोड दिए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेयले नगरपालिका तथा कोषको बिच लामो समयदेखिको छलफल र सहमतिको आधारमा यो घोषणा भएकोले गर्दा सम्बन्धित सबै क्षेत्र यसको कार्यान्वयनमा गंभीर हुने विश्वास व्यक्त गरे । 
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्