बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबारदेखि बुटवल उपमहानगर भरी कोराना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सुरु भएको छ । नोबल कोरोना भाईरसको संक्रमणले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको भन्दै नेकपा बुटवलले नगरका १९ वटै वडामा सचेतना अभियान सुरु गरेको हो ।
कोरोना भाइरसबाट जोगिनका लागि नेकपाले नगरभित्रका सबै शाखा र टोल कमिटीहरुलाई परिचालन गरी यस्तो अभियान थालेको उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । १९ वटै वडाका टोल कमिटी र शाखा कमिटीहरुको बिस्तारित बैठकबाट सचेतना अभियान सन्चालन गर्ने निर्णयसँगै यो अभियान थालिएको हो । सचेतनाका लागि जानकारीमूलक पर्चा घर घरमा वितरण सुरु गरिएको अध्यक्ष पन्थीले बताए ।
कोरोना भाइरसबाट जोगिनका लागि पुर्व सतर्ककता अपनाउनुपर्ने ठहरसहित नगरका सबै वडामा स्थानीलाई जनचेतना जगाउने काम थालिएको उनले बताए ।
अभियान अन्तर्गत प्रत्येक टोल कमिटीहरु कोरोनाविरुद्ध सचेतना अभियान लिएर हरेक स्थानीयका घरघरमा पुग्ने र स्वस्थ रहनका लागि अभिप्रेरित गरिने छ । सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चार माध्यमसँग समन्वय गरी कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा जानकारीमुलक कार्यक्रम सञ्चालन गर्न नेकपा केन्द्रीय कमिटीले यसअघि निर्देशन दिएको थियो । नेकपाले संगठित पार्टी सदस्यता नविकरणलाई आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने गरी तयारी गरेको छ भने पार्टी केन्द्रले तय गरेको ३ महिने अभियान टोल टोलमा घरदैलो सहित गर्ने निर्णय अनुसार तयारी भइरहेको अध्यक्ष पन्थीले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्