भैरहवा ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र डाक्टर वीच झडप हुदा युनिभर्सल कलेज अफ मेडिकल साईन्स शिक्षण अस्पताल भैरहवामा तनाव उत्पन्न भएको हो । नवलपरासीको बर्दघाट २ की यमकुमारी पुनको उपचारको क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सक माथि हातपात भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले उपचारमा संम्लग्न जुनियर रेसिडेण्ट९जेआर० डाक्टर अर्चन घिमिरेलाई हातपात गरेका थिए । हातपात पछि डाक्टर घिमिरे सामान्य घाईते भएका छन् ।
डाक्टरले कुटाई खाएपछि डाक्टरहरुको टिमले पनि बिरामीका आफन्त माथी कुटपिट गर्दै अस्पताल गेटबाट निकालेको मृतकका भदा कर्णबहादुर गुरुङले उल्लेख गरे ।
उनले टाउकोमा समस्या भएर अस्पताल भर्ना गरिएकी दिदिको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको भन्दै काठमाण्डौ जानका लागि रिफर माग्दा अस्पतालले रिफर नदिएर लापरबाहि गरेर दिदिलाई मारेको आरोप लगाए । उनले दिदिको उपचार भईरहेको र सन्चो हुन्छ भन्दै राखेर रिफर माग्दा पनि नदिएको बताए ।
अस्पताल प्रशाशनले भने डाक्टरको लापरबाहिले पुनको मृत्यु नभएको जिकिर गरेको छ । पुनको मृत्यु भएको थाह पाएपछि आफन्तले केहि समय आन्दोलन गरेका थिए ।
पुनको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनावका कारण मेडिकल कलेजको उपचार सेवा प्रभावित भएको छ । उपचारमा संम्लग्न डाक्टरमाथि बिरामी पक्षले हातपात गरेपछि शुरक्षा र कार्वाहीको माग गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।
डाक्टरहरु आन्दोलनमा उत्रिए पछि अस्पतालको ओपिडि सेवा पुर्ण रुपमा ठप्प भएको छ । ओपिडिमा टिकट लिएर बसेका बिरामीहरु डाक्टर उपचारमा नफर्किएपछि घर फर्कन बाध्य भएका छन् ।
मेडिकल कलेजमा कार्यरत बिशेषज्ञ डाक्टर जुनियर रेजिडेड डाक्टर तथा बिद्यार्थीहरु मेडिकल कलेजका ३ वटा ठुला गाडिमा जम्मा भएर जिल्ला प्रशाशन कार्यालय आएका छन् ।
डाक्टर कुट्ने मृतकका आफन्तलाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउन गएको अस्पतालले जनाएको छ । प्रशाशन पुगेका डाक्टर तथा बिद्यार्थीले अहिले प्रशाशन अगाडि नारावाजी समेत गरेका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्