नेकपा तिलोत्तमाद्वारा कोरोनाविरुद्ध यात्रुलाई सचेतना

नेकपा तिलोत्तमाद्वारा कोरोनाविरुद्ध यात्रुलाई सचेतना

तिलोत्तमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले कोरोना भाइरसप्रति पुर्व सतर्कता अपनाउन यात्रु सचेतना अभियान सुरु गरेको छ । रुपन्देहीको मणिग्राम चोकबाट एक समारोहकाबीच नेकपा नगर कमिटीले जानकारी र सचेतनामूलक पर्चा वितरण गर्दै अभियान थालेको हो ।
त्यस अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज दधिराम न्यौपानेले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस नेपालमा भित्रिन नदिन पार्टीले देशभरी नै अभियान चलाएको बताए । उनले यसप्रति नागरिक आफै सचेत हुनुपर्ने भन्दै नेकपा तिलोत्तमाले यात्रुलाई जगाएको सचेतनाप्रति धन्यवाद दिए । सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंले सार्वजनिक र निजी सवारी साधनमा यात्रा गर्ने यात्रुहरु र सडकमा हिंडडुल गर्ने पैदल यात्रुहरुलाई समेत लक्षित गर्दै सचेतना जगाउने काम गरिएको बताए । उनले सचेतना अभियानका क्रममा जानकारीमूलक पर्चा वितरण गरिएको भन्दै अभियानमा सहभागी सबैलाई धन्यवाद दिए ।
भारतसँग सिमा नाका जोडिएको यस जिल्लाबाट जाने तथा आउने यात्रुलाई बसमा नै चढेर सचेतना मुलुक पर्चा वितरण गर्दा यात्रुहरुमा सचेतना जाग्ने र कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न सहयोग पुग्ने उनले बताए । राजनीति मात्र नगरी सामाजिक काममा पनि पार्टीलाई क्रियाशिल बनाइराख्न आवश्यक रहेको र त्रासको बेला सतर्कता अपनाउनुपर्ने सन्देश दिनका लागि पनि अभियान चलाइएको चापागाईंले बताए ।
यसअघि नेकपा रुपन्देहीले जिल्लाव्यापी रुपमा कोरोनाविरुद्ध सचेतना अभियान चलाउने निर्णय गरेको थियो । कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन आयोजना गरिएको अभियानलाई निरन्तरता दिइने पनि नेकपाले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij