प्यूठानमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्यूठानमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्युठान ।
प्यूठानमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नौवहिनि गाउँपालिका ८ लुप्लुङमा रा १ ख १८२१ नम्वरको ट्रिपर दुर्घटना हुँदा २० बर्षीय पारस नेपालीको मृत्यु भएको हो ।
उपचारको क्रममा बुटवल लैजादै गर्दा नेपालीको बड्डाडामा मृत्यु भएको हो । सो दुर्घटनामा परि दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले प्युठानले जानकारी दिएको छ ।
घाइते हुनेमा चालक २८ बर्षीय अर्जुन नेपाली र सहचालक १९ वर्षिय कृष्ण नेपाली रहेका छन् । चालक अर्जुन नेपालीको बुटवलमा उपचार भई रहेको छ भने सहचालक कृष्ण नेपालीको जिल्ला अस्पताल विजुवार प्यूठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ट्रिपर सडकबाट करिव २५ मिटर तल खसेको प्रहरी जनाइको छ । तिनै जनाको घर प्युठान नगरपालिका ८ खप्रेङखोलामा रहेको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij