कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्न शान्ति समाजको आग्रह

कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्न शान्ति समाजको आग्रह

बुटवल- कोरोना भाइरस रोकथामका लागि प्रभावकारी कदम चाल्न मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सरकारसंग आग्रह गरेको छ ।
आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेश पन्थलाइ ज्ञापनपत्र बुझाउदै कालोबजारी नियन्त्रण,बजार अनुगमन तथा कोरोना भाइरस रोकथामका लागि पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।
समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री बेडमा निदाएको र मन्त्रीहरु बेकामे जस्तै भएको भन्दै पूर्व सावधानी र प्रयाप्त तयारी नगर्नु सरकारको लाचारीपन भएको दाबि गर्नुभयो ।
उहाले मानव अधिकार तथा शान्ति समाजले आफ्ना सदस्यहरुलाइ स्वयंसेवी तवरमा जिल्ला जिल्लामा परिचालन गर्ने नीति समेत राखेको र सरकारसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले राज्यलाई संकटको बेला सहकार्य गर्ने प्रतिवद्धता गरेकोमा शान्ति समाजलाई धन्यवाद व्यक्त गर्नुभयो। राज्यलाई संकट परेको अवस्थामा समाजका सदस्यहरु स्वयमसेवीका रुपमा जस्तो सुकै सहयोग गर्नका लागि पनि तयार रहेको समाजका सभापति खनालले बताउनुभयो ।
जिल्ला सभापति डीपी खनालले कालोबजारी रोक्नका लागि अनुगमन कार्य अगाडी बढाउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन र देशमा कानुन विहिनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका गर्नका लागि ज्ञापनपत्र बुझाएको बताए । सो कार्यक्रममा शान्ति समाजका सहसचिब कपिल ज्ञवाली,सदस्य कृष्ण पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij