काठमाडौ –सरकारले चैत ९ देखि १८ सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने घोषणा गरेको छ। यो निर्णयसँगै नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई सम्पर्क बिच्छेद भएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै सरकारले चैत १० देखि २१ गतेसम्म देशभित्रका लामो दुरीका सवारीसधान चलाउन पनि नदिने घोषणा गरेको छ।
तर सरकारको यो निर्णय आन्तरिक हवाई उडानमा भने लागू नहुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेका लागि आन्तरिक उडान बन्द गर्ने कुनै पनि निर्णय नगरिएको प्रष्ट पारेको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडानका बारेमा कुनै पनि निर्णय गरिएको जानकारी दिनुभयो।
प्रकाशित मिति : शुक्रबार, चैत्र ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्