बन्द नहुने अत्याश्यक सेवाहरु

बन्द नहुने अत्याश्यक सेवाहरु

काठमाडौं –अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ ।

प्रधानमन्त्रीको सम्वोधनमा भनिएको वाक्यांश यस्तो छ– ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

सरकारले बन्द गरेका सेवाहरु

  • नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
  • सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
  • देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
  • आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्‍चालनमा रोक लगाइएको छ ।
  • मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
  • विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

उसोभए बन्द नहुने कुन–कुन सेवाहरु अत्यावश्यक सेवा हुन् त ?

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अत्यावश्यक सेवा भनेर आवश्यक सेवा ऐन २०१४ मा परिभाषित सेवा मात्र हुन् वा त्यसभित्रका कतिपय सेवाहरु पनि बन्द हुन्छन् भन्ने अझै प्रष्ट भइसकेको छैन । यसबारे चाँडै सुचित गरिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्रालयका अधिकारीहरुको भनाइलाई आधार मान्ने हो भने कुन कुन सेवाहरु बन्द हुनेछन् र कुन कुन सेवाहरु सञ्चालन हुनेछन् भन्नेबारे सरकारी तहबाटै थप व्याख्याको खाँचो देखिएको छ ।

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरुभित्र चाहिँ निम्न सेवाहरु पर्छन् ।

हेर्नुहोस् राजपत्र

प्रकाशित मिति : शुक्रबार, चैत्र ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij