पश्चिमाञ्चल यातायात समितिद्धारा स्व. गुरुङको परिवारलाई राहत

पश्चिमाञ्चल यातायात समितिद्धारा स्व. गुरुङको परिवारलाई राहत

बुटवल – पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले चौकी ईन्चाज राम गुरुङको निधन भएकोमा राहत रकम परिवारलाई प्रदान गरेको छ ।
समितिले कार्यरत कर्मचारीको मृत्यु भएमा राहत रकम स्वरुप परिवारलाई नगद १ लाख रुपैया दिने व्यवस्था भए बमोजिम शनिवार स्व।गुरुङको घर बुटवल ४ लक्ष्मीनगरमा पुगेर श्रीमती आरती गुरुङलाई चेक प्रदान गरेको हो ।
गुरुङको ५३ वर्षको उमेरमा ह्दयघातका कारण यही चैत २ गते निधन भएको थियो । पश्चिमाञ्चल यातायात व्यवसायी समितिसमितिका अध्यक्ष यम प्रसाद पाण्डे वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की ,कोषाध्यक्ष हरि प्रसाद रिमाल कार्यालय प्रमुख वाबुराम अधिकारी , पश्चिमाञ्चल यातयात स्वतन्त्र कर्मचारी युनियनका पुर्व अध्यक्ष प्रकाश गैरे लगायतको उपस्थितीमा राहत रकम हस्तान्त्ररण गरिएको महासचिव जित बहादुर भाटले जानकारी दिनु भयो ।
त्यसैगरि स्वं ।गुरुङको परिवारलाई पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनका तर्फवाट पनि नगद १ लाख रुपैया प्रदान गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij