बुटवल, । कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । यही चैत ६ गतेदेखि कर्मचारीमा आलोपालो प्रणाली लागू गरेको कोषले चैत १० गतेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कोषको कार्यसमितिको बैठकले कोषले प्रदान गर्दै आएका सेवाहरु अहिलेको विषम परिस्थितमा घरमै बसेर पनि प्रदान गर्न सकिने र दुर्घटना लगायत बीमासँग सम्बन्धित कामहरु नरोकिने गरी अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको कोषका लेखा प्रमुख क्रृषि अर्यालले जानकारी दिनुभयो ।
अत्यावश्यक बाहेकका सेवा बन्द हुँदा भलाई कोष काट्ने काम भने नरोकिने पनि उहांले बताउनु भयो । सरकारले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेकाले कोषले आफ्नो कार्यालयमा पनि सरकारको निर्णय कार्यान्वयन कोषका अध्यक्ष दिनेश फुल्लेलले बताउनु भयो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले कोरोना संक्रमणको जोखिम हुने भन्दै लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा रोक लगाएको छ भने अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । सरकारी निर्णयको स्वागत गर्दै कोषले पनि आफ्नो तर्फबाट ऐक्यवद्धता जनाएको महासचिव योग गुरुङले बताउनुभयो
प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्