अत्यावश्यक बाहेकका सेवा बन्द गर्न व्यबसायिक संस्थाहरुको अपिल

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न व्यबसायिक संस्थाहरुको अपिल

 

बुटवल-  बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघले संयुक्त अपिल जारी गरी अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न आग्रह गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल समेत उच्च जोखिममा रहेकाले प्रधानमन्त्री केपी शर्मा वलीले सम्बोधन गरेअनुसार सार्वजनिक नीजि सेवा प्रदायक संस्थाहरुले नेपाल राजपत्रमा प्रकाशित भएका अत्यावश्यक बाहेकका सेवा आजैदेखि यहि चैत २१ गतेसम्मकालागि बन्द गर्न उद्योगी व्यबसायीलाई आग्रह गरेको हो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा र रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीद्वारा हस्ताक्षरित संयुक्त अपिलमा ‘बाचौं र बचाऔं’को अभियान सहित आ–आफ्नो क्षेत्रमा खाद्यान्न, औषधी तथा स्वास्थ्य सेवालाई निरन्तरता दिन र अन्य व्यबसाय बन्द गर्न अपिल गर्दछौं, भनिएको छ ।

त्यस्तै अत्यावश्यकीय बस्तुको बिक्रि वितरण गर्दा उपभोक्तासंग निश्चित दुरी कायम गरि बिक्रि बितरण गर्न र स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न समेत आग्रह गरिएको छ । त्यसैगरी अत्यावश्यक खाद्यान्न, औषधी मास्क, सेनीटाईजर लगायतका सामाग्रिहरु बिक्रि बितरणलाई प्रभावकारी रुपमा आम उपभोक्तालाई सेवा प्रदान गर्न समेत अपिल गरिएको छ ।

अत्यावश्यक सामाग्रिको अनुचित भण्डारण नगर्न तथा उपभोक्ताले समेत आवश्यकता भन्दा बढी सामानको खरिद नगर्न आग्रह गर्दै अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने तथा स्वासप्रस्वासमा समस्या आएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij