कञ्चनमा १० लाख बराबरको बिपद कोष स्थापना

कञ्चनमा १० लाख बराबरको बिपद कोष स्थापना

रुपन्देही
बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ सम्भाबित संक्रमण तथा प्रभाव न्युनिकरण गर्नको लागि कञ्चनवासीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै रुपन्देहीको कञ्चन गाउपालिकाले रु. १० लाख बराबरको बिपद कोष स्थापना संगै ज्वरो आएका बिरामीहरुलाई नजिकको उपचार केन्द्र सम्म जान स्वास्थ्यकर्मीहरुको सिफारिसमा एम्बुलेन्स खर्च गाउपालिकाले ब्यहोर्ने समेत भएको छ ।

आज कञ्चन गाउपालिकाको कार्यपालिका स्तरिय बैठक बसी सो बिपद कोष स्थापना गर्ने निर्णय गरेको हो । आजको बैठकले २५ शैयाको क्वारेन्टाइन ब्यबस्था मिलाउन स्वास्थ्य शाखालाई जिम्मा दिने, कोरोना रोग नियन्त्रणको लागि कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको एकल संयोजकत्वमा रु.१० लाख बराबरको बिपद कोष स्थापना गर्ने र त्यसमा थप गर्नु परेमा अध्यक्षलाई नै अधिकार समेत प्रत्यायोजन गरेको छ ।

कार्यपालिका स्तरिय बैठक पश्चात जारी गरिएको सूचनामा बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को प्रभाव न्यूनिकरण साथै उत्पन्न जोखिमलाई ब्यबस्थित गर्नको लागि गाउपालिकाले जारी गरेको नियम तथा सूचनाहरुलाई सबैले अनिवार्य रुपमा पालना गर्न अनुरोध गर्दै यदी पालना नगरे कानुन बमोजिम कार्बाही हुने समेत उल्लेख छ ।

सम्पुर्ण कञ्चनवासी अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्न,अरुको घरमा नजान र नियमित रुपमा साबुन पानीले हात धुन कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीद्धारा हस्तारित सूचनामा उल्लेख छ ।यदि अत्याधिक ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न,ज्वरो आएका बिरामीहरुलाई नजिकको उपचार केन्द्र सम्म जान स्वास्थ्यकर्मीहरुको सिफारिसमा एम्बुलेन्स खर्च गाउपालिकाले ब्यहोर्ने समेत बैठकले निर्णय गरेको छ।सूचनामा अत्यावस्यक सेवा बाहेक अन्य पसल,होटल तथा रेष्टुरेन्ट तत्काल बन्द गर्न निर्देशन दिने समेत उल्लेख गरिएको छ ।

कञ्चन गाउपालिकामा रुद्रपुर ब्यापार संघले मातहतका सबै ब्यबसायिक पसल तथा उधोग कारखाना तथा फर्महरुलाई कडाइका साथ बन्द गर्न गराउन सूचना जारी गरिसकेको छ भने गाउपालिकाले पनि माइक तथा स्थानिय संचार गृह मार्फत घरबाट बाहिर ननिस्कन र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै सूचना तथा प्रचार प्रसार गरेको छ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij