कपिलवस्तुमा भेटिए कोरोना संक्रमित युवतीसँगै आएका एक युवक

कपिलवस्तुमा भेटिए कोरोना संक्रमित युवतीसँगै आएका एक युवक

कपिलवस्तु । सोमबार कोरोना संक्रमण पुष्टी भएकी १९ बर्षीय युवतीसँगै कतार ऐअरवेजमा आएका अर्का युवक कपिलवस्तुमा भेटिएका छन् । चैत ४ गते कतारबाट फकिँदा सोही जहाजमा यात्रा गरेको खुलेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पुष्टी गरे ।
युवक बुद्धभूमि ३ रनगाईका रहेको पाइएको छ । नगर प्रमुख श्रेष्ठले युवकलाई गोरुसिंगे स्थित क्वारेनटाइनमा राखिएको जानकारी दिए । श्रेष्ठका अनुसार युवकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा रहेकाले नगरवासीलाई नआत्तिन नगर प्रमुख श्रेष्ठले आग्रह गरे । ‘संगै आएकाले क्वारेनटाइनमा राखिएको हो, उनको स्वास्थ्य तत्काल ठिकठाक रहेको पाइएको छ’, नगर प्रमुख श्रेष्ठले भने’,‘आवश्यक चेकजाँच गरिनेछ । नगरबासी यो विषयमा हतासिन हुँदैन ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij