विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक पुग्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक पुग्यो

काठमाडौं
कोरोना भाइरस कोभिड नाइन्टिनको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ। हिजोमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएसँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ। विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाले ज्यान गुमाएका छन्। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। यसैगरी अमेरिकामा थप १ सय ४३ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६ सय ९६ पुगेको छ। स्पेनमा कोरोना भाइरसका कारण थप ६ सय ८० जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ। चीनमा भने पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण कुनैपनि मानिसको ज्यान गएको छैन भने संक्रमण पनि कसैलाई देखिएको छैन। पछिल्लो समय चीन बाहेकका अन्य देशमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ।

प्रकाशित मिति : बुधबार, चैत्र १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij