लकडाउन अवधिमा शाइन रेसुंगा बैंकले ५ वटा शाखाबाट दैनिक ३ घण्टा सेवा दिने

लकडाउन अवधिमा शाइन रेसुंगा बैंकले ५ वटा शाखाबाट दैनिक ३ घण्टा सेवा दिने

बुटवल- शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका ५ वटा शाखा खुला राखेको छ । लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल ट्राफिकचोक,बुटवलको योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ बजेसम्मका लागि खुला गरिएको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकता अनुसार सम्बन्धित जिल्लामा रहेका शाखाहरु खोलिएको पन्थीले बताए । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij