जनतालाई राहत दिन कांग्रेस रुपन्देहीको माग

जनतालाई राहत दिन कांग्रेस रुपन्देहीको माग

बुटवल – नेपाली कांग्रेस रुपन्देहीले सरकारले घोषणा गरेको लकडाउन पालना गर्न नागरिकहरुलाई अपिल गर्दै उपचार र सुरक्षामा खटिने सबैमा हौसल्ला प्रदान गर्न आग्रह गरेको छ । साथै सरकारलाई प्रचार भन्दा पनि प्रभावकारी जनताको सेवामा खटिन अनुरोध गरेको छ ।

दैनिक उपभोग्य बस्तु र सेवाका विषयमा गंभिर बन्न पनि सरोकारवाला निकायलाई कांग्रेस रुपन्देहीले आग्रह गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापती अब्दुल रज्जाकले शुक्रबार एक विज्ञक्ती जारी गर्दै सरकारको आदेश पालना गरेका दिनदुखी गरिव तथा मजदुरहरुको विचल्ली हुन थालेको भन्दै तत्काल ध्यान दिन अग्रह गर्नु भएको हो ।

विज्ञक्तीमा दैनिक उपभोगका वस्तुमा वढिरहेको कालो बजारी , नागरिकहरुको सहज पहुंच र बजार अनुगमनका विषयमा तत्काल कदम अघि बढाउनु पर्ने उल्लेख छ ।
नागरिकहरुले सरकारको निर्देशनको पालना गरेर घरमै बस्ने तर विहान वेलुका हातमुख जोर्ने समस्या आउन नदिन सरकारले आफ्नो निकाय मार्फत भुमिका खेल्नु पर्दछ , विज्ञक्तीमा भनिएको छ ।
सरकारका सकारात्मक हरेक क्रियाकलापमा नेपाली कांग्रेस रुपन्देहीको साथ र सहयोग रहेको भन्दै कोरोना भाईरसका विरुद्धमा चलाउनु पर्ने जनचेतना र मानविय हितका काममा ध्यान दिन आग्रह गरिएको छ ।
देशमा संघियताको महत्व रहेको पुष्टि गर्ने यो एउटा अवसर पनि भएको भन्दै तिनै तहका सरकार प्रचार मुखी भन्दा पनि जनतामुखी भएर अघि बढ्न कांग्रेसले सुझाव दिएको छ ।
चिकित्कहरुले सुरक्षामा प्रयोग गर्ने साधनहरु नपाउनु तथा बजारमा मास्क तथा सेनेटाईजर जस्ता बस्तुको कृत्रिम अभाव गरेर कालोबजारी गर्ने काम तत्काल बन्द गर्नु पर्ने मागकांग्रेसको छ । जिल्लामा रहेका नागरिकहरुका समस्याका विषयमा पार्टिले पनि आ आफ्नो ढंगले सुचना संकलन गर्ने सहयोगका कार्यक्रमहरु चलाउने र सरकारले गरेको आहवान अनुशार साथ र सहकार्य गरिरहेको विज्ञक्तीमा मार्फत जानकारी दिएको छ ।
नागरिकहरुलाई मनोविज्ञैनिक रुपमा सरकार साथमा रहेको अनुभुती दिलाउनका हरेक क्षेत्रमा सरकारको उपस्थिती हुनु पर्ने आजको आवश्यकता रहेको विज्ञक्तीमा भनिएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij