महेन्द्रनगर : भीमदत्त नगरपालिका वडा नं. १९ मा निर्माण गरिएको गौशाला एक साताभित्र सञ्चालनमा आउने भएको छ । भीमदत्त नगरपालिकाले बिहीबार गौशाला सञ्चालनका लागि सम्झौता गरिएको छ ।
भीमदत्त नगरपालिका कार्यालय र झापा नमूना गौरीगाउँ अर्गानिक एग्रिकल्चर फर्मबीच बिहीबार कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । भीनपाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा र फर्म सञ्चालक जङ्ग बहादुर घतानीले गौशाला सञ्चालन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भीनपाका प्रशासकीय अधिकृत हरि सिह धामी र वडा नं. १९ का वडा अध्यक्ष दामोदर महराको रोहबरमा सम्झौतामा हस्ताक्षर गरिएको छ ।
नगर क्षेत्रका छाडा पशु चौपायाको समस्या समाधानका लागि ८ बिगाहा जमिनमा गौशाला सहितका पूर्वाधार निर्माण गरिएका छन् । फर्मलाई चार वर्षका लागि गौशला सहितका पूर्वाधार निर्माण प्रयोगका लागि सम्झौता गरिएको छ ।
फर्मले पशु पालन व्यवसायीकरण र अर्गानिक तरकारी खेती गर्ने सहितका योजना सहित नगरपालिकालाई वार्षिक एक लाख ११ हजार १ सय ११ रुपैँया उपलब्ध गराउने गरी गौशला सञ्चालन जिम्मा लिएको हो ।
भीनपाले गौशाला सञ्चालनका लागि सार्वजनिक आव्हान गरेको सार्वजनिक प्रस्तावमा नमूना गौरीगाउँ एग्रिकल्चर फर्मलाई छनौट गरिएको हो । यस बाहेक अन्य दुई फर्मले गौशाला सञ्चालनका लागि प्रस्ताव पेश गरेको भीनपाका सूचना अधिकारी हरि सिह धामीले बताए ।
भीनपामा छाडा पशु चौपाया समस्या समाधानका लागि गत वर्ष बागफाँटामा जमिन भाडामा लिएर गौशला निर्माण गरिएको थियो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पहिलो नगर सभाबाट छाडा पशु चौपाया व्यवस्थापनलाई प्राथमिकता दिएर नगर सभाबाट बजेट विनियोजन गरेका थिए । नगर सभाको निर्णय अनुसार बागफाँटामा पशु पालनलाई व्यवसायीकरण गर्ने लक्ष्यका साथ गौशला निर्माण गरिएको हो ।
भीनपाका प्रमुख प्रशासकीय अधिकृत शर्माले नगर क्षेत्रमा देखिएको छाडा चौपाया समस्या समाधानका लागि गौशाला सञ्चालन गर्ननगर क्षेत्रमा देखिएको छाडा चौपाया समस्या समाधानका लागि गौशाला सञ्चालन गर्न लागिएको बताए ।
‘नगर क्षेत्रमा छाडा पशु चौपायाको समस्या छ, त्यसलाई समाधानका लागि बागफाँटामा गौशला निर्माण गरिएको हो, त्यसलाई सञ्चालन गर्न आज सम्झौता गरिएको छ’ उनले भने ।
नगरपालिकाले यस अघि पशु चौपायाको लगत संकलन, ट्याग लगाउने कार्य र छाडा पशु चौपाया व्यवस्थापन नियन्त्रण निर्देेशिका निर्माण लगायतका कार्य गरिएका छन् ।
भीनपा ९ ब्रह्मदेबमा गौविज्ञान अनुसन्धान केन्द्रका रुपमा विकसित गर्न महाकाली गौशाला निर्माण गरिएको छ ।
झापा नमूना गौरीगाउँ अर्गानिक एग्रिकल्चर फर्मका सञ्चालक घतानीले पशुपालन र अर्गानिक तरकारी खेती गर्ने लक्ष्य लिएर गौशाला सञ्चालनको जिम्मा लिएको बताए ।
‘अर्गानिक तरकारी खेती गर्छौ, पशुपालन गर्छौ, सञ्चालक घतानीले भने,अर्गानिक तरकारी खेती गर्छौ, पशुपालन गर्छौ, सञ्चालक घतानीले भने,‘यसलाई नमूना गौशाला रुपमा बनाउँछौ ।’
फर्म सञ्चालक घतानीले एक साताभित्र फर्म सञ्चालनमा ल्याउने गरिने बताए ।
‘आज सम्झौता गरी गौशाला हेरेका छौ, आवश्यक तयारी गर्छौ’ उनले भने,’ उनले भने,‘एक साताभित्र सञ्चालनमा ल्याउँछौ ।’
गौशालामा पशु चिकित्सक सहित कर्मचारी राखिने सञ्चालक घतानीले बताए ।
फर्मले झापाका दुई स्थानमा पशुपालन फर्म सञ्चालन गर्दै आएको छ ।भीनपा–१९ का वडा अध्यक्ष दामोदर महराले गौशाला सञ्चालनले स्थानीयलाई रोजगारीको अवसर आएको बताए ।
‘त्यो फर्मले अर्गानिक तरकारी खेती गर्ने, पशुपालन गर्ने लक्ष्यका साथ गौशाला सञ्चालन गर्ने जिम्मा लिएको छ’ वडा अध्यक्ष महराले भने,‘यसले स्थानीयलाई रोजगारको अवसर मिल्छ, यसले स्थानीयलाई फाइदा हुन्छ ।’
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्